News Portal

एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ- उपप्रधानमन्त्री खड्का

हिमालीसंचार संवाददाता
२७५ पटक

दोहा – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । नेपाली कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु एकजुट हुन नसकेको भन्दै असन्तुष्टिसमेत ब्यक्त गरेका थिए ।

कतारमा खड्काको सम्मानमा जनसम्पर्क समिति कतारद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘म जनसम्पर्क समितिहरुलाई नै सोध्न चाहन्छु, एनआरएनएबारे तपाईंहरुको धारणा के हो? जनसम्पर्कका साथीहरु तपाईहरु किन एकताबद्ध हुन सक्नु भएन, किन एक भएर चुनाव लड्नु भएन ?’

यही विषयबाट आधिकारिकताको प्रश्न उठ्ने भन्दै खड्काले यसबारेको विवादमा आफू अहिले प्रवेश गर्न नचाहेको बताए । उनले संसारभरी रहेका जनसम्पर्क समितिहरुले एकताबद्ध बन्नुपर्नेमा जोड दिए।‘संसारभरका जनसम्पर्क समितिहरुले नयाँ खोजी, नयाँ छलफल र नयाँ बहस चलाउन जरुरी देखेको छु’, उनले भने,जनसम्पर्क समितिमा ‘विगतदेखि कै समस्या देखिएको छ ।’ 

उनले अहिले आधिकारिक रुपमा आफूले कुनै एनआरएनएलाई पनि नमानेको आशय व्यक्त गर्दै निर्वाचनमा धाँधली भयो भन्नेमा पार्टी निकटकै जनसम्पर्क समिति नै रहेकाले जनसम्पर्क समितिले नै आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताए । 

गत ११औँ विश्व सम्मेलनमा बद्री केसीको टीमबाट धाँधली भएको दाबी गर्दै कांग्रेस निकट उम्मेदवार महेश श्रेष्ठ र आरके शर्मा समुहले नतिजा अस्वीकार गरेका थिए । श्रेष्ठका साथै अर्का उम्मेदवार आरके शर्माले समेत नतिजा अस्वीकार गरेर शर्माको नेतृत्वको नयाँ कमिटी गठन गरिएको थियो ।

विश्व सम्मेलनबाट दुई कमिटी बनेपछि शर्माले आफूलाई आधिकारिकताको दाबी गर्दै आएका छन् भने केसी पक्षलेचाहिँ आफू नै आधिकारिक भएको दावी गर्दै आएको छ । 

यद्यपि दुबै समूहले हालसम्म छुट्टाछुट्टै गतिविधि गर्दै आएको छ भने विवादकै कारण एनआरएनएको दर्तासमेत नवीकरण हुन सकेको छैन। पररास्ट्र मन्त्रालयले एनआरएनएमा एकता नभएसम्म दर्ता नवीकरण नगर्ने बताउदै आएको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...