News Portal

झापाली समाज कुवेतले पुर्वेली टाइगर फूटबल क्लबलाई जर्सी  प्रदान गर्यो

हिमालीसंचार संवाददाता
३९४ पटक

कुवेत- झापाली समाज कुवेतले पुर्वेली टाइगर फूटबल क्लबलाई फुटबल जर्शी सौजन्य गरेको छ । कुवेत नगरिमा एक दशक देखि खेल जगतमा आफ्नो छुट्दै पहिचान बनाउदै आईरहेको फुटबल टिम पुर्वेली टाइगर फूटबल क्लबलाई समाजका संरक्षक लोमस वास्तोला , अध्यक्ष गोबिन्द प्रसाद तिम्सीना , उपाध्यक्ष राजु धिमाल र सदस्य नवीन बिमलीको उपस्थितिमा आज माहाबुल्ला स्थित खेल मैदान स्थलमा फुटबल टिमका टिम केप्टन , टिम कोर्च लगायत सम्पुर्ण खेलाडीका बिचमा जर्सी सौजन्य गरि हस्तान्तरण गरेको छ।

“हाम्रो एकता विकासको लागि“ भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरेको झापाली समाज कुवेतले बिगतका दिनमा पनि देशमा भएका विभिन्न गतिविधिहरुमा पनि सहयोग गर्दै आई रहेको छ। प्रवासमा रहेर पनि यसरी खेलाडीहरुलाई सहयोग गर्न पाउँदा झापाली समाज कुवेत  अध्यक्षले खुशी व्यक्त गरे। पुर्वेली टाइगर फूटबल  क्लवले यो साथ र सहयोगको लागि पनि झापाली समाज कुवेत प्रती धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...