News Portal

  • इजरायली सेनाको आक्रमणमा रोयटर्सका पत्रकार मारिए, ६ जना घाइते

    हिमालीसंचार संवाददाता
    २६७ पटक

    एजेन्सी। इजरायली ट्यांकका चालकले गत अक्टोबर १३ मा लेबनानमा रोयटर्सका एक पत्रकारको हत्या गरेको खुलेको छ। उक्त ट्यांकबाट दुईवटा गोली प्रहार भएको र त्यसक्रममा थप ६ जना पत्रकार घाइते भएको बताइएको छ।

    दुई हमलामा रोयटर्सका भिजुअल पत्रकार ३७ वर्षीय इसाम अब्दल्लाह मारिएको र एजेन्सी फ्रान्स प्रेस (एएफपी)की २८ वर्षीय फोटोग्राफर क्रिस्टिना एसी गम्भीर घाइते भएको बताइएको छ।

    यो घटना इजरायली सीमाबाट एक किलोमिटर टाढा लेबनानको अल्मा अल चाब गाउँमा भएको बताइएको छ। रोयटर्सले यस विषयमा ३० भन्दा बढी सरकारी र सुरक्षा अधिकारी, सैन्य विशेषज्ञ, फोरेन्सिक अन्वेषक, वकिल, चिकित्सक र साक्षीहरूसँग घटनाको विस्तृत विवरणका लागि कुरा गरेको बताएको छ।

    उक्त क्षेत्रका आठ मिडिया आउटलेटबाट घन्टौँ लामो भिडियो फुटेज र आक्रमण अघि र पछिका सयौँ तस्बिर एवं हाइ रिजोल्युसनका स्याटेलाइट तस्बिरको समेत समीक्षा गरेको रोयर्टसले जनाएको छ।

    रोयटर्सले अनुसन्धानकै लागि घटनास्थलबाट जमिनमा र रोयटर्सको कारमा गाडिएको छर्रा, तीन वटा ज्याकेट, क्यामेरा, ट्राइपड र धातुको ठूलो टुक्रा पनि संकलन गरेको बताएको छ।

    सोही क्रममा इजरायली पक्षले अल जजिराको कार पनि ध्वस्त पारेको थियो। हमासले अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले जवाफी आक्रमण थालेको थियो। सोही क्रममा लेबनानको सीमानजिक हिजबुल्लाह लडाकुसँगको झडपमा इजरायली सेना थियो।

    त्यसैको कभर गर्न गएका पत्रकारमाथि इजरायली सेनाले घातक हमला गरेको थियो। त्यसपछि लेबनानी प्रसारक अल मायादीनका दुई पत्रकारलाईसमेत नोभेम्बर २१ मा इजरायली सेनाले मारेको थियो।

    आक्रमण पछिका दिनहरूमा इजरायलको सेनाले घटनाबारे समीक्षा गरिरहेको भनेको थियो। तर, सेनाले कुनै निष्कर्ष सार्वजनिक नगरेको रोयटर्सले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...