News Portal

सुन तस्करी छानबिन आयोगको टार्गेटमा पूर्वसभामुख महरा, कति जनासँग लियो बयान ?

हिमालीसंचार संवाददाता
२८१ पटक

काठमाडौं। कार्यावधिको एक महिना मात्र बाँकी रहेको अवैध सुन तस्करी पैठारी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने भएको छ।

गत असोजमा गठित आयोगले महरापुत्र राहुलसँग पनि बयान लिएको छ। हालसम्म २२ जनाको बयान लिएको आयोगले सुन तस्करी प्रकरणमा जोडिएकालाई एक साताभित्र बयान लिएर प्रतिवेदन बनाउने तयारी गरेको छ।

आयोगले अर्को चरणमा कारागारमा रहेका चिनियाँ नागरिकहरूको बयान लिनेछ र त्यसका लागि दोभाषे खोज्ने काम भइरहेको बताइन्छ।

आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि अनुगमन गरेको छ। यस्तै सुन तस्करी हुने नाकाको पनि भ्रमण गरेर जानकारी लिएको आयोगका अधिकारी बताउँछन्।

विशेष गरेर गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध भएपछि सरकारले सुन तस्करी छानबिनका लागि आयोग बनाएको थियो।

आयोगले सुन तस्करीको छानबिन गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयार पारेको प्रतिवेदनसहितको अध्ययनपछि काम थालेको थियो।

एक अधिकारी भन्छन्,‘हामीले तस्करी प्रकरणमा प्रहरीले गरेको प्रगतिको अध्ययन गरेर काम थालेका हौं, बयान लिने क्रम जारी रहेको छ। समय कम भएका कारण फटाफट काम गरिरहेका छौं।’

यसअघि पनि साढे ३३ किलो सुन तस्करी प्रकरणपछि छानबिन आयोग बनेको थियो। आयोगको प्रतिवेदनका आधारमा नै धेरैलाई पक्राउ गरिएपनि पछि अदालतले छाडेको थियो। उक्त प्रकरणसहित संगठित अपराधमा संलग्न रहेको चुडामणि उप्रेती गोरेलाई मात्र सजाय भएको थियो।

नेपाललाई ट्रान्जिट बनाएर हङकङ, दुबईबाट सुन तस्करी गरी भारतमा पैठारी हुँदै आएको जानकारहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...