News Portal

  • कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका  काम गर्ने प्रतिबद्धता  – राजदूत लम्साल

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    कुवेत कुवेतका लागि नव नियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ। नेपाल सरकारबाट कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै ७ बुँदे ज्ञापनपत्र बुझाईएको छ।

    कुवेतका लागि नव नियुक्त राजदूत लम्सालले भेटका क्रममा आफु कुवेतमा आएको २ महिना मात्रै भएको सबै कुरा अध्ययन गरिरहेको र श्रमिकको हक हितको लागि कुनै पनि असरको कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु जनाए. राजदूत लम्सालले ज्ञापनपत्र बुझ्दै नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

    राजदूतले भने ‘दूतावास, पत्रकार , नेपाली संघ – संस्थाहरु र नेपाली समुदाय मिलेर नेपालको हितका लागि काम गर्नु पर्छ । मैले नेपाली श्रमिकको हक हितका लागि कुनै कसर बाँकी राख्दिन । नेपाली श्रमिकका लागि दूतावासबाट प्रदान गरिने सेवा सुबिधाहरुमा थप सहजीकरण गर्दै अगाडी बढाउने छु। नेपालमा उत्पादन हुने अलैचीलाई कुवेतको बजारसम्म ल्याउन भुमिका खेल्ने छु’भने।

    नेपाल कुवेत बीचको व्यापार व्यवसाय बढाउन तथा पर्यटन विकासका लागि जोड दिने बताएका छन। नेपाल पत्रकार महासंघ वैदेशिक शाखाद्वारा जारी ज्ञापनपत्र । महामहिम राजदूत घनश्याम लम्साल नेपाली दूतावास, जाव्रीया कुवेत विषयः हार्दिक स्वागत तथा ज्ञापन पत्र सम्बन्धमा । महोदय, प्रस्तुत विषयका सम्बन्धमा कुवेतकालागि नेपालका महामहिम राजदूत जस्तो गरिमामय ओहोदामा नियुक्त भई कुवेतमा कार्यरत नेपाली श्रमिकका हक हितका लागि कुवेत आउनु भएको महामहिम राजदूत श्री घनश्याम लम्साल ज्यूलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत हार्दिक स्वागत तथा कार्यसफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ।

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्तको नेतृत्वमा गएको टोलीले महामहिम राजदूत  घनश्याम  लम्साललाई बुझाएको  ७ बुदे ज्ञापनपत्र !

    १. वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा रहेर नेपाल सरकारको चौथौ अंग नेपाल पत्रकार महासंघको वैदेशिक शाखा स्थापना गरेर यस शाखामा आवद्ध भई कुवेतमा कार्यरत नेपाली श्रमिक लगायत विभिन्न देश तथा विदेशमा रहेका नेपालीहरुलाई परोपकारी पत्रकारिता मार्फत विभिन्न संचार तथा अनलाइन माध्यमबाट सुसूचित गर्दै आइरहेका छौ।

    कुवेतस्थित नेपाली दूतावास संग समाचारका लागि सूचनाहरु माग गर्ने क्रममा यहाँका मिडियालाई उपेक्षा गरि सूचना दिन आनाकानी गर्ने र नेपालका मिडियालाई मात्र सूचना दिने गरिविधि बढिरहेकाले सूचना दिन र लिन कुनै ठाउ वा व्यक्ति विशेषले प्रभाव नपार्ने र सूचना लिन पाउनु नैसर्गिक अधिकार पनि हो ।तसर्थ नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत महामहिम ज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछौ।

    २. वैदेशिक रोजगारका लागि श्रम गरेर वैधानिकरुपमा र घरेलु कामदारका लागि अवैधानिक बाटो हुदै नेपाली श्रमिकहरु कुवेत आउने क्रम दिनानुदिन बढिरहेको छ । तसर्थ नेपाल र कुवेतबीच द्धिपक्षीय श्रम सम्झौता गरी नेपाली श्रमिकहरुको अधिकार रक्षा गर्न र घरेलु कामदारका लागि अवैधानिक बाटो हुदै आउने श्रमिकका लागि उपयुक्त विकल्प खोज्नका लागि ध्यानाकर्षण गराउँदछौ ।

    ३. पछिल्लो समयमा वैदेशिक रोजगारका लागि ७०/ ७५ कुवेती दिनार तलबमा कुवेत आएका नेपाली श्रमिकहरु अत्याधिक समस्यामा रहेकाले आफैंले काम दिन नसक्ने सप्लाई कम्पनीका मागपत्र स्वीकृत नगर्न , नेपाली श्रमिकका लागि उपलब्ध गराईएको कम्पनीको बासस्थान अनुगमन गर्न र कुवेत सरकार संग छलफल गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न र सो कार्यान्वयनको लागि द्धिपक्षीय अनुगमन संयन्त्र विकाश गरी कम्पनीको अनुगमन गर्न ध्यानाकर्षण गराउँदछौ ।

    ४. नेपाल र कुवेतको श्रम कानुनमा टेकेर पीडित कामदारको न्यायिक उद्धारका लागि पाउनुपर्ने न्याय, सुविधा र क्षतिपूर्ति खोज्न दूतावासले सक्दो पहल गर्नुपर्ने साथै पहिलो करारभित्र अलपत्र पर्ने कामदारको सकुशल उद्धार गर्न नसक्ने म्यानपावर कम्पनीको धरौटीबाट कट्टा गरी विभाग र दूतावासले उद्धारमा आउने खर्च व्यहोरी उद्धार गर्नुपर्ने, श्रम स्वीकृति नविकरण गरी आएका पीडित कामदारहरूका हकमा दूतावासले कुटनैतिक पहल गरी यथासक्य रोजगारदाता कम्पनीबाटै नभए वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सहयोग लिइ पीडितको उद्धार गर्नका लागि ध्यानाकर्षण गराउँदछौ।

    ५. कुवेतमा रोजगादाता सप्लायर कम्पनी, कन्ट्रर्याक्टिङ कम्पनी तथा म्यानपावर व्यावसायीको गैर जिम्मेवारीका कारण धेरै नेपाली श्रमिकहरूले सम्झौता अनुरुपको सेवा सुविधा नपाएको अवस्था छ । दुई वर्षको सम्झौता गरेर आएका श्रमिकलाई एक वर्षको भिसा सकिए पश्चात् अर्को वर्षको भिसा लगाउन शुल्क माग्ने त्यस्ता कम्पनी र म्यानपावरहरूलाई पहिचान गरी भिषा स्विकृती नगर्न, नगराउनको लागि ध्यानाकर्षण गराउँदछौ । ६. नेपाली दूतावासमा सीमित स्रोतसाधन र कर्मचारी रहेको हुदा श्रमिकले समयमा सेवा सुविधा पाउन नसकेको धेरै गुनासो आएका छन । राहदानी नविकरण गर्न नेपाली श्रमिकले धेरै सास्ती भोग्नु परेको छ ।

    अनलाइन अपोइन्टमेन्ट लिनका लागि अनलाइनमा डेट नपाउने र दूतावासमा विचौलियाको हालिमुहाली रहेको गुनासाहरु आएका हुदा नेपाली श्रमिकका लागि सहज र सरलरुपमा सेवा प्रवाहको व्यवस्थित गर्नका लागि ध्यानाकर्षण गराउँदछौ ।

    ७. नेपाल सरकारले घरेलु कामदार कुवेत आउन प्रतिबन्ध लगाए पनि अवैधानिक बाटो हुदै धेरै नेपाली श्रमिकहरु घरेलु कामका लागि कुवेत आई अलपत्र पर्ने, घर मालिकबाट पीडित भई भागेर वा सल्लाहमा आफुलाई काम लगाउने अफिसमा जादा अफिसबाट कुट्ने, पिट्ने गरी दुख दिने र घर फर्काउन समेत आलटाल गर्ने, दूतावाससम्म पुग्दा दूतावासले समेत चासो नदिने जस्ता गुनासा आएका हुदा यसरी अलपत्र र पीडित नेपाली श्रमिकको उद्धारका पहल गर्न ध्यानाकर्षण गराए ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...