News Portal

  • मोरङको विभिन्न नगरपालिकाहरुका स्थानीयहरु गुईठा बनाउन बाध्य

    हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
    १५२ पटक

    मंसिर १९, मंगलबार/मोरङ – नेपाल सरकारले जतिसुकै सुर्य उर्जा, ग्यास चुलो, गोबर ग्यास घरघरमा ग्यास पाईप भन्दै भाषण गर्दै हिडेता पनि अतिविपन्न घरपरिवारका लागि भने उक्त सुविधाले छुन सकेको छैन ।

    अहिले पनि गाई, गोरुको गोबरका माध्यमबाट दैनिक छाक टार्ने गुईठा बनाएर प्रयोग गर्ने स्थानीय गरिव परिवारहरु बाध्य रहेका छन। बिजुलीबाट खाना पकाउने प्रविधि आएता पनि ग्रामीण क्षेत्रमा अझै पनि परम्परा शैलीमा गोबरबाट गुईठा बनाउन स्थानीय  महिलाहरु बाध्य भएका छन । 

    भारतीय सिमावर्ती क्षेत्र तथा दक्षिण भेगमा बसोबास गर्ने ऋषिदेव यादव, मण्डल, साह, राजवंशी  लागायतका बृद्ध तथा महिला, बालबालिकाहरु  अहिले गाई ,गोरु, भैसीको गेवरबाट गुईठा बनाउन ब्यस्त देखिन थालेका छन ।  

    उनीहरुले घरमा पालेका गाई, गोरुको गोबरबाट निकै फाईदा लिईरहेका छन । गत कार्तिक महिनादेखि बैशाख महिनासम्म गाईको गोबरबाट बर्षदिन सम्मका लागि गोबरबाट गुईठा  बनाएर खाना पकाउने र दाउराको जोह गरिरहेका छन।  

    सुनवर्षी नगरपाालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकामा रहेका गरिव तथा निम्न वर्गका अधिकांश महिलाहरु बिहानै घाम लाग्ने बित्तिकैदेखि उनीहरु गोबरबाट गुईठा बनाउदै गरेको देख्न सकिन्छ ।  

    स्थानीय महिलाहरुले सबैभन्दा पहिले गोबरलाई पानीमा भिजाएर गिलो पार्ने गर्दछन र गोबरलाई पराल वा भुसमा मिसाएर डल्लो पारेर सनपाटबाट निस्केको सन्ठिको प्रयोग गरेर गोबरमा घसेर घाममा सुकाउने गर्देछन । सो गुईठा १५/१६ दिन भित्र सुकेपछि खाना पकाउने काममा प्रयोग गर्ने गर्देछन । 

    उनीहरुले ६ महिनाको अबधिमा बनाएको गुईठा पानीबाट सुरक्षित राखेर बर्ष दिनसम्म खाना पकाउने काममा प्रयोग गर्ने गर्दछन्। गुईठा आगोबाट खाना पकाउदा खानाको स्वाद समेत स्वादिलो र मिठो हुने साथै मानव स्वास्थ्यलाई समेत फाइदा हुने स्थानीयले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...