News Portal

 एनसीसी कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि ११ लाख ८० हजार  सहयोग

हिमालीसंचार संवाददाता
३९६ पटक

कुवेत – गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८० हजार बढी सहयोग गरिने भएको छ । जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै एनसीसी कुवेतको नेतृत्वमा कुवेतको नेपाली समाजमा सकृय विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलन गरिएको ११ लाख ८४ हजार २ सय २० रुपैयाँ अध्यक्ष रनध्वज लामाको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर हस्तान्तरण गरिने एनसीसी कुवेतले जनाएको छ ।

 

एनसीसी कुवेतको तर्फबाट भुकम्प पीडितका लागि ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ भने एनसीसी कुवेतको अभियानमा एक्यवद्धता जनाउदै बैदेशिक सरोकार समाज कुवेतले ५०१ केडी ,नेपाल तामाङ घेदुङ कुवेतले १०१ केडी , सुदुर पश्चिमेली नेपाली समाज कुवेत ५१ केडी चितवन सेवा समाज कुवेत ५१ केडी , जन सम्पर्क समिती कुवेत ५१ केडी, दर्सन ठकुरी समाज कुवेत ५१ केडी , नेपाल कुवेत सरोकार समाज ५१ केडी, निरेम ग्रुप ३१ केडी , नेपाल कुवैत सास्कृतिक मन्च ५१ केडी, तीन ३ किराँती सस्था सयुक्तरुमा ७५ केडी, युना लामा ५८ केडी , लुम्बिनी समाज नेपाल कुवेत ५१ केडी, डाम्पा रेस्टुरेन्ट ५१ केडी, जनजाती महासघ कुवेत ले ५१ केडी सहयोग गरेका छन ।

त्यसैगरी विश्वकर्मा एकता समाज नेपाल कुवेतले ५१ केडी, तमु समाज कुवेत ६१ केडी, प्रबासी नेपाली मन्च कुवैत ५५ केडी, सिन्दुपाल्चोक सेवा समाज कुवेत ३१ केडी , कल्याणकारी नेपाली युवा समाज कुवेत ५१ केडी , कोसेली ग्रुप कुवेत ५१ केडी, धनकुटा सेवा समाज कुवेत २१ केडी, नुवाकोट धादिङ रसुवा समाज कुवैत ५५ केडी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत ३१ केडी, जन जागृती युवा समाज कुवेत ७१ केडी , प्रवासी नेपाली एकता मन्च कुवैत २५ केडी, विश्व इन्टरनेशनल फाइभ सेन्स फ्यामेली रेस्टुरेन्ट फाहाहिल ५५ केडी, चौतारी रेस्टुरेन्ट ग्रुप ३१ केडी, हिमालायन हाउस रेस्टुरेन्ट ३१ केडी

माया थापा मगर १० केडी, झापाली समाज कुवैत ३१ केडी, गोर्खा किचन रेस्टुरेन्ट ५१ केडी, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं कुवेत ५१ केडी, Prasad Amaravati shop Maliya १० केडी, नमस्ते सुन चादी पसल ३१ केडी र धनराज लामा तामाङले २५ केडी सहयोग गरेका छन ।

 

 

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...