News Portal

ग्यास विक्रेता महासंघ नेपालको चौथो केन्द्रिय कमिटि बैठक चितवनमा सम्पन्न

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं। ग्यास विक्रेता महासंघले कार्यसमितीको चौथो केन्द्रिय कमिटी बैठक भर्खरै मात्र चितवनमा संपन्न भएको छ। महासंघको पदाधिकारी एवं केन्द्रिय कार्यसमिती पूर्ण बैठकमा सल्लाहकार कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

महासंघले आफ्नो कार्यकालको केन्द्रिय कमिटी बैठकहरु फरक फरक जिल्लाहरुमा गर्ने गरेको छ, त्यसै क्रममा अघिल्लो बैठक सदुरपश्चिमको धनगडीमा सम्पन्न गरेको थियो। यस पटक चितवनमा सम्पन्न चौथो केन्द्रिय कमिटी बैठकमा वरिष्ट उपाध्यक्ष विष्णु दुलाल, उपाध्यक्ष गेहेन्द्र रिजाल, उपाध्यक्ष राम प्रसाद ज्ञवाली, उपाध्यक्ष नारायण पौडेल, उपाध्यक्ष विमला श्रेष्ठ र केन्द्रिय सदस्य रामशरण पुडासैनीबाट जिम्मेवारी अनुरुपको लिखित रिपोर्टिङ भएको थियो।

उपस्थित सवैबाट ग्यास कारोवारलाई व्यवस्थित गर्न स्थानिय निकाएमा ग्यासको विक्रिवितरण सम्बन्धि कार्यविधि ल्याई ग्यास विक्रेता प्रमाणिकरण अभियान तत्काल गरिनुपर्ने, प्रयोगमा देशैभरि जनचेतना कार्यक्रम गरिनुपर्ने, स्थानिय निकायमा ग्यास विक्रेता महासंघ कार्यक्रमलाई प्रभावकारी बनाइ प्रज्वलनशिल वस्तु ग्यास कारोवारलाई व्यवस्थित वनाउन जोड दिनुपर्ने, तालिम प्राप्त विक्रेता ग्यास प्रयोगमा जानकार उपभोक्ता अभियान लाई तिव्रता दिनुपर्ने, व्यवसाय संचालन खर्चहरु अत्यधिक वढेकोले कमिसन वृद्दी लागी संवन्धित निकायहरुमा पहल गर्नुपर्ने, संगठन नभएका जिल्लाहरुमा तत्काल संगठन निर्माण गर्नुपर्ने, पदिय जिम्मेवारी अनुरुप काम नगर्ने सदस्यहरुलाई तत्काल विदा गरि सक्रिय सदस्यहरुलाई जिम्मेवारी दिएर अघि वढाउनुपर्ने विषयहरुमा वृहत छलफल भएको थियो।

वैठकमा उठान भएका विषयहरुलाई टिपोट गर्दै महासंघको सल्लाहकार सदस्य अर्जुन खत्री, पुर्व अध्यक्ष महेश्वर श्रेष्ठ, सल्लाहकार अध्यक्ष महेश्वर घिमिरे, निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र अध्यक्ष चन्द्र वहादुर थापाले भनाई राख्ने क्रममा उठान विषयहरु उपर आवश्यक काम कार्वाहीहरु अघि वढाउने वताउदै, यहि पौष महिनाको दोश्रो हप्ताभित्र महासंघमा आवद्द जिल्ला संघ र प्रदेश संघहरुको साधारण सभाहरु संपन्न गरि ग्यास विक्रेता महासंघको दशौं वार्षिक साधारण सभा २०८० पौष २१ गते शनिवार काठमाडौंमा सम्पन्न गर्ने निर्णय गर्दै वैठक समापन भएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...