News Portal

  • ग्यास विक्रेता महासंघ नेपालको चौथो केन्द्रिय कमिटि बैठक चितवनमा सम्पन्न

    हिमालीसंचार संवाददाता
    १८१ पटक

    काठमाडौं। ग्यास विक्रेता महासंघले कार्यसमितीको चौथो केन्द्रिय कमिटी बैठक भर्खरै मात्र चितवनमा संपन्न भएको छ। महासंघको पदाधिकारी एवं केन्द्रिय कार्यसमिती पूर्ण बैठकमा सल्लाहकार कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

    महासंघले आफ्नो कार्यकालको केन्द्रिय कमिटी बैठकहरु फरक फरक जिल्लाहरुमा गर्ने गरेको छ, त्यसै क्रममा अघिल्लो बैठक सदुरपश्चिमको धनगडीमा सम्पन्न गरेको थियो। यस पटक चितवनमा सम्पन्न चौथो केन्द्रिय कमिटी बैठकमा वरिष्ट उपाध्यक्ष विष्णु दुलाल, उपाध्यक्ष गेहेन्द्र रिजाल, उपाध्यक्ष राम प्रसाद ज्ञवाली, उपाध्यक्ष नारायण पौडेल, उपाध्यक्ष विमला श्रेष्ठ र केन्द्रिय सदस्य रामशरण पुडासैनीबाट जिम्मेवारी अनुरुपको लिखित रिपोर्टिङ भएको थियो।

    उपस्थित सवैबाट ग्यास कारोवारलाई व्यवस्थित गर्न स्थानिय निकाएमा ग्यासको विक्रिवितरण सम्बन्धि कार्यविधि ल्याई ग्यास विक्रेता प्रमाणिकरण अभियान तत्काल गरिनुपर्ने, प्रयोगमा देशैभरि जनचेतना कार्यक्रम गरिनुपर्ने, स्थानिय निकायमा ग्यास विक्रेता महासंघ कार्यक्रमलाई प्रभावकारी बनाइ प्रज्वलनशिल वस्तु ग्यास कारोवारलाई व्यवस्थित वनाउन जोड दिनुपर्ने, तालिम प्राप्त विक्रेता ग्यास प्रयोगमा जानकार उपभोक्ता अभियान लाई तिव्रता दिनुपर्ने, व्यवसाय संचालन खर्चहरु अत्यधिक वढेकोले कमिसन वृद्दी लागी संवन्धित निकायहरुमा पहल गर्नुपर्ने, संगठन नभएका जिल्लाहरुमा तत्काल संगठन निर्माण गर्नुपर्ने, पदिय जिम्मेवारी अनुरुप काम नगर्ने सदस्यहरुलाई तत्काल विदा गरि सक्रिय सदस्यहरुलाई जिम्मेवारी दिएर अघि वढाउनुपर्ने विषयहरुमा वृहत छलफल भएको थियो।

    वैठकमा उठान भएका विषयहरुलाई टिपोट गर्दै महासंघको सल्लाहकार सदस्य अर्जुन खत्री, पुर्व अध्यक्ष महेश्वर श्रेष्ठ, सल्लाहकार अध्यक्ष महेश्वर घिमिरे, निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र अध्यक्ष चन्द्र वहादुर थापाले भनाई राख्ने क्रममा उठान विषयहरु उपर आवश्यक काम कार्वाहीहरु अघि वढाउने वताउदै, यहि पौष महिनाको दोश्रो हप्ताभित्र महासंघमा आवद्द जिल्ला संघ र प्रदेश संघहरुको साधारण सभाहरु संपन्न गरि ग्यास विक्रेता महासंघको दशौं वार्षिक साधारण सभा २०८० पौष २१ गते शनिवार काठमाडौंमा सम्पन्न गर्ने निर्णय गर्दै वैठक समापन भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...