News Portal

भारतको उत्तरकाशी सुरुङमा फसेका मजदुरको १७ दिनपछि सकुशल उद्धार

सुरुङमा फसेका ४१ जना कामदारहरुको स्वास्थ्य परिक्षण गर्दै

हिमालीसंचार संवाददाता
२६८ पटक

उत्तराखण्ड – भारतको उत्तरकाशी सुरुङमा १७ दिन अधि फसेका ४१ जना मजदुरको सकुशल उद्धार गरिएको छ। भारतका उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औं दिनमा सबै कामदारलाई सकुशल उद्धार गरेको जनाएको छ ।

सुरुङमा फसेका मजदुरहरुका लागि विशेष स्वागत गर्न उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र केन्द्रीय मन्त्री भीके सिंह उद्धार स्थल पुगेका थिए । उनीहरुलाई फूलको माला सहित ताली बजाएर न्यानो स्वागत गरिएको थियो ।

त्स्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरहरुको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिएका छन् । प्रम मोदीले लेखेका छन्- ‘उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको छ।’

सुरुङ दुर्घटना करिब १७ दिन अघि दीपावलीको दिन भएको थियो । त्यति बेला यी मजदुरहरू यो सुरुङमा काम गरिरहेका थिए। तर सुरुङ भित्र पसेपछि मजदुरहरू ६० मिटर लामो भग्नावशेषको  पर्खालमा फसेका थिए । त्यसपछि क्रमशः भग्नावशेष हटाउने  दुर्तगतिमा काम सुरु भयो । यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको परामर्श तथा आवश्यक सहयोग समेत लिइएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...