News Portal

प्रचार–प्रसार नहुँदा ओझेलमा लमजुङ दरबार

६५७ पटक

शान्ता कमली
लमजुङ : बेँसीसहर–३ गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलका रूपमा परिचित गाउँसहर दरबार संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेल परेको हो ।

१६औँ शताब्दीतिर मुलुक बाइसेचौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्म शाहले राज्य गर्थे । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय गन्तव्यको रूपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझेलमा परेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

दरबारसँगै रहेको कालिका मन्दिर पनि ओझेल परेको छ । गाउँसहरमै रहेको काउलेपानी नेपालकै उत्कृष्ट होमस्टेको रूपमा परिचित छ । तर, नजिकै रहेको दरबारमा भने पर्यटक पुग्दैनन् । दरबारको संरक्षण र प्रचार–प्रसारमा राज्य पक्षले ध्यान नदिँदा ऐतिहासिक दरबार ओझेलमा परेको स्थानीय देवप्रसाद गुरुङले बताए ।

०४८ सालमा पुरातत्व विभागले मन्दिर तथा दरबारको पुनर्निर्माण गरेको थियो । मन्दिर परिसरमा नेपाली सेनाले राजा यशोब्रह्म शाहको सालिक निर्माण गरिएको छ । ‘गाउँसहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्वलाई ध्यान दिएर शालिक निर्माण गरेका हौँ,’ श्रीजंग गणका गणपति कर्णेल शिखर राणाले भनेको नयाँ पत्रीकामा खबर छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...