News Portal

प्रचार–प्रसार नहुँदा ओझेलमा लमजुङ दरबार

६९१ पटक

शान्ता कमली
लमजुङ : बेँसीसहर–३ गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलका रूपमा परिचित गाउँसहर दरबार संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेल परेको हो ।

१६औँ शताब्दीतिर मुलुक बाइसेचौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्म शाहले राज्य गर्थे । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय गन्तव्यको रूपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझेलमा परेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

दरबारसँगै रहेको कालिका मन्दिर पनि ओझेल परेको छ । गाउँसहरमै रहेको काउलेपानी नेपालकै उत्कृष्ट होमस्टेको रूपमा परिचित छ । तर, नजिकै रहेको दरबारमा भने पर्यटक पुग्दैनन् । दरबारको संरक्षण र प्रचार–प्रसारमा राज्य पक्षले ध्यान नदिँदा ऐतिहासिक दरबार ओझेलमा परेको स्थानीय देवप्रसाद गुरुङले बताए ।

०४८ सालमा पुरातत्व विभागले मन्दिर तथा दरबारको पुनर्निर्माण गरेको थियो । मन्दिर परिसरमा नेपाली सेनाले राजा यशोब्रह्म शाहको सालिक निर्माण गरिएको छ । ‘गाउँसहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्वलाई ध्यान दिएर शालिक निर्माण गरेका हौँ,’ श्रीजंग गणका गणपति कर्णेल शिखर राणाले भनेको नयाँ पत्रीकामा खबर छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...