News Portal

इटालीमा बाढी आउँदा ९ जनाको मृत्यु

हिमाली संचार संवाददाता
६८८ पटक

भेनिस : इटालीमा आएको भीषण बाढीका कारण मुलुकका विभिन्न क्षेत्रमा गरी ९ जनाको ज्यान गएको छ । आँधीका कारण मङ्गलवार इटाली लगातार तेस्रो दिन बाढीको मारमा परेको हो । आँधीका कारण इटालीको उत्तरपूर्वी क्षेत्रमा रहेको एक बन्दरगाहको बाँध पनि भत्किएको छ । इटालीको आन्तरिक मन्त्रालयले अहिलेसम्म ९ जनाको ज्यान गएको र ४ जना हराइरहेको बताएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमध्ये समुद्री किनारामा रहेको शहर भेनिसमा १० वर्षयताकै ठूलो बाढी आएको छ । बाढीले शहरको ७५ प्रतिशत भाग डुबाएको छ । समुद्रमा आएको ठूलो आँधीका कारण शहरमा बाढी पसेको हो । यो शहरमा सामान्यतया वर्षमा चारपटक यस किसिमको बाढी आउने गरेको छ । तर, सोमवार उक्त शहरमा पानीको सतह सन् २००८ यताकै उच्च विन्दुमा पुगेको थियो ।

यो क्षेत्रमा बाढी आउनुमा सरकारले राम्रोसँग नदीको बाँध बाँध्न नसक्नु प्रमुख कारण रहेको बताइएको छ । बाढीका कारण मङ्गलवार विद्यालयहरू बन्द थिए भने सरकारले आँधी तथा बाढीबाट सुरक्षित रहन अलर्ट जारी गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...