News Portal

इटालीमा बाढी आउँदा ९ जनाको मृत्यु

हिमाली संचार संवाददाता
६३८ पटक

भेनिस : इटालीमा आएको भीषण बाढीका कारण मुलुकका विभिन्न क्षेत्रमा गरी ९ जनाको ज्यान गएको छ । आँधीका कारण मङ्गलवार इटाली लगातार तेस्रो दिन बाढीको मारमा परेको हो । आँधीका कारण इटालीको उत्तरपूर्वी क्षेत्रमा रहेको एक बन्दरगाहको बाँध पनि भत्किएको छ । इटालीको आन्तरिक मन्त्रालयले अहिलेसम्म ९ जनाको ज्यान गएको र ४ जना हराइरहेको बताएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमध्ये समुद्री किनारामा रहेको शहर भेनिसमा १० वर्षयताकै ठूलो बाढी आएको छ । बाढीले शहरको ७५ प्रतिशत भाग डुबाएको छ । समुद्रमा आएको ठूलो आँधीका कारण शहरमा बाढी पसेको हो । यो शहरमा सामान्यतया वर्षमा चारपटक यस किसिमको बाढी आउने गरेको छ । तर, सोमवार उक्त शहरमा पानीको सतह सन् २००८ यताकै उच्च विन्दुमा पुगेको थियो ।

यो क्षेत्रमा बाढी आउनुमा सरकारले राम्रोसँग नदीको बाँध बाँध्न नसक्नु प्रमुख कारण रहेको बताइएको छ । बाढीका कारण मङ्गलवार विद्यालयहरू बन्द थिए भने सरकारले आँधी तथा बाढीबाट सुरक्षित रहन अलर्ट जारी गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...