News Portal

  • कुवेतमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरीसहित नेपाल फर्किईन

    हिमालीसंचार संवाददाता
    २९१ पटक

    कुवेत – फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ।

    लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी परेपछि बिगत लामो समय देखि फर्वानिया अस्पतालमा उनको उपचार चलिरहेको थियो। टाउकोमा गम्भीर समस्या देखिएपछि अप्रेसनसमेत गरिएको अस्पतालले जनाएको छ।

    उपचारकै क्रममा छोरीको जन्म दिएकी आशा अझैसम्म बोल्न सक्दिनन। २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिहरुले अस्पतालमा पहिलो पटक भेट गरेका थिए।

    तत्तपश्चात् नेपाली दूतावास कुवेतले उनको उद्वार गर्न निक्कै प्रयास गरेको थियो। नेपाली दूतावासको सक्रियता, एनआरएनए कुवेतको फ्लोअप र पछिल्लोपटक चितवन् सेवा समाजको पहलमा आमा छोरीकै उद्वार गरिएको चितवन समाजका संरक्षक नबिन लोप्चनले  जानकारी दिए।

    नेपाली दूतावासका सिराज अहमद महम्मदले बिरामीको उद्वारका लागि सक्रियतापुर्वक समन्वय गरेका थिए। अब उनलाई नेपालमा एक सामाजिक संस्था AMRIT SAR Organisation (Amritsar social Organisation) संरक्षणमा राखिने बताउदै बिरामी आशाका आमाछोरीसहित नेपाल पुर्याउन गएका राजु गोले तामाङले सामाजिक संस्थाको प्रतिनिधिहरुलाई उनीहरुको संरक्षणको लागि हस्तान्तरण गरिसकेको एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...