News Portal

गीतकार मंगल राईको ‘घाम छाँया’ सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४७ पटक

काठमाडौं – गीतकार मंगल राईको पूर्वेली लोक गीत ‘घाम छाँया-यो दुई दिने चोला’सार्वजनिक गरिएको छ।

गीतकार राईको शब्द रचना, युवा संगीतकार प्रीयजन राईले संगीत भरेका पूर्वेली लोकभाकामा आधारित गीतमा राजेश पायल राई र मन्मा बिराईको संयुक्त आवाजमा सुम्निमा पारुहाङ म्यूजिक प्रालि यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतलाई मनोज साङसन राईले ऐरेन्ज गरेका छन भने संगीतकार प्रीयजन राईको निर्देशन र आशिष राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा’, सीता राई, अनुप राउत, शिसम राई लगायतको मुख्य अभिनय रहेको छ । 

सार्वजनिक म्युजिक भिडियोमा ड्रोनमा भिम बहादुर तामाङ, छायांकन, सम्पादन र कलरको काम गंगाराम राईले गरेका रुन । पूर्वको तेह्रथुम, इटहरी, धनकुटा, र धरान लगायतका पूर्वी भेगमा छायांकन गरिएको गीतको म्युजिक भिडियो विहिबार ललितपूरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार एवम् संस्कृतिविद् जितेन राईले भिडियो सार्वजनिक गरेका थिए ।

उक्त म्युजिक भिडियो हेरेपछि संस्कृतिविद् राईले गीत अनुसारको उत्कृष्ट भिडियो बनेको टिप्पणी गरे गीतमा आबद्ध कलाकर्मीहरुको प्रशंसा गर्दै उनले गीत संगीतले समाज बोल्न सक्नुपर्नेमा जोड दिए । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा गीत र भिडियोमा आबद्ध कलाकार र विभिन्न संघसंस्थाहरुका प्रमुखहरुको उपस्थिति रहेको थियो।

गीतकार तथा सुम्निमा पारुहाङ म्यूजिक प्रालिका अध्यक्ष मंगल राईले गीत संगीतको श्रीबृद्धिको निरन्तरताका रुपमा ‘घाम छाँया–यो दुई दिने चोला’सार्वजनिक गरिएको बताए । गीतकार राईले यसअघि ‘गाईघाट बजार’, ‘मायाको ओखती’लगायतका चर्चित गीतहरु बजारमा छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...