News Portal

संखुवासभाको खाँदबारीमा ११५ औं देवकोटा जयन्ती मनाइयो

नबराज राई
४४५ पटक

संखुवासभा २६, २०८० कार्तिक। मकालु साहित्य समाज संखुवासभाले ११५ औं महाकवि देवकोटा जम्मजयन्ती मनाएको छ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्तीको अवसर पारी खाँदबारीको देवकोटा चोकमा शुभकामना आदानप्रदान तथा माध्यमिक स्तरीय बाल कविता प्रतियोगिताको आयोजना गरी देवकोटाको जन्मजयन्ती मनाइएको हो।

सो अवसरमा देवकोटाको शालिकमा माल्याअर्पण गरी देवकोटाको योगदानको चर्चा गर्दै महाकवि देवकोटाको स्मरण गरिएको थियो। कविता प्रतियोगितामा विभिन्न विद्यालयका सात जना विद्यार्थीहरुले देवकोटा सम्बन्धी कविता वाचन गरेको थिए।

प्रतियोगितामा हिमालय मावि खाँदबारीका सौजन कट्टेल प्रथम र महेन्द्र मावि मानेभन्ज्याङ्का उमा बानिया र लक्ष्मी बानिया क्रमश: द्वितीय र तृतीय भएका छन्। बिजेताहरुलाई नगद पुरस्कार प्रदा नगरिएको थियो। सो अवसरमा सारङ्गी बादक बमबहादुर गन्दर्वलाई सम्मान गरिएको थियो।

मकालु समाजका अध्यक्ष तथा साहित्यकार ताराबहादुर बुढाथोकीको सभापतित्व तथा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, विभिन्न कार्यालयका प्रतिनिधिलगायत विभिन्न कलाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

खाँदबारी नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा संचालित कार्यक्रममा कार्यक्रमको आयोजनामा सक्रिय सहयोग गर्दै आएको भन्दै कोटगाउ, हिमालय र देवकोटा टोल विकास संस्थाका जाँगरुक महिला समुहलाई सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय स्रष्टा र सर्जकहरुले गीत, कविता तथा नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न व्यक्तित्वहरुले शुभकामना मनतब्य राखेका थिए। मकालु साहित्य समाजले हरेक बर्ष देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...