News Portal

वसन्त ओलीको ‘बोई’ र प्रदीप रोदनको गजल संग्रह ‘मफलर’ लाई छायाँदेवी चेतनाथ गजल पुरस्कार प्रदान

हिमालीसंचार संवाददाता
४३० पटक

काठमाण्डौ। छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ हिजो प्रदान गरिएको छ। उक्त पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल संग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’ लाई प्रदान गरिएको हो।

हिजो राजधानीको कलंकीस्थित दृश्य होटलमा सम्पन्न पुरस्कार वितरण समारोहमा अग्रज गजलकार रवि प्राञ्जल, करुण थापा, आख्यानकार अमर न्यौपाने, पुरस्कार कोषका संरक्षक जे.सागर र उहाँका मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीले पुरस्कार प्रदान गर्नुभएको थियो।

बुलबुल पब्लिकेसनका निर्देशक तथा पुरस्कार कोषका संयोजक अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुरस्कृत गजलकारद्वय ओली र रोदनले आफ्ना गजल वाचन गर्नुभएको थियो भने, गायक राज सिग्देलको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा रवि प्राञ्जल, करुण थापा अमर न्यौपाने र जे.सागरले शुभकामना मन्तव्य राख्नुभएको थियो।

गजलकार जे.सागरले आफ्ना मातापिताको नाममा २०७४ सालमा स्थापना गरेको उक्त पुरस्कार त्यसयता नियमित प्रदान गरिंदै आएको छ। १० हजार नगद राशी सहितको उक्त पुरस्कारको संयोजन बुलबुल पब्लिकेसनले गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...