News Portal

वसन्त ओलीको ‘बोई’ र प्रदीप रोदनको गजल संग्रह ‘मफलर’ लाई छायाँदेवी चेतनाथ गजल पुरस्कार प्रदान

हिमालीसंचार संवाददाता
४५३ पटक

काठमाण्डौ। छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ हिजो प्रदान गरिएको छ। उक्त पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल संग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’ लाई प्रदान गरिएको हो।

हिजो राजधानीको कलंकीस्थित दृश्य होटलमा सम्पन्न पुरस्कार वितरण समारोहमा अग्रज गजलकार रवि प्राञ्जल, करुण थापा, आख्यानकार अमर न्यौपाने, पुरस्कार कोषका संरक्षक जे.सागर र उहाँका मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीले पुरस्कार प्रदान गर्नुभएको थियो।

बुलबुल पब्लिकेसनका निर्देशक तथा पुरस्कार कोषका संयोजक अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुरस्कृत गजलकारद्वय ओली र रोदनले आफ्ना गजल वाचन गर्नुभएको थियो भने, गायक राज सिग्देलको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा रवि प्राञ्जल, करुण थापा अमर न्यौपाने र जे.सागरले शुभकामना मन्तव्य राख्नुभएको थियो।

गजलकार जे.सागरले आफ्ना मातापिताको नाममा २०७४ सालमा स्थापना गरेको उक्त पुरस्कार त्यसयता नियमित प्रदान गरिंदै आएको छ। १० हजार नगद राशी सहितको उक्त पुरस्कारको संयोजन बुलबुल पब्लिकेसनले गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...