News Portal

परदेशी-२ आगामी २३ नोभेम्बरदेखि कुवेतसहित मध्यपूर्वका ५ देशमा रिलिज हुँदै

हिमालीसंचार संवाददाता
३५४ पटक

कुवेत सिटी, कुवेत। नेपाली दर्शकमाझ रुचाइएको फिल्म परदेशी-२ आगामी मंसिर २३ गते (२३ नोभेम्बर)मा मध्यपूर्वमा रिलिज हुने भएको छ। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो फिल्मलाई पाँच मुलुकमा रिलिज गर्न लागेको जनाएको छ।

वितरक रमेश ढकालका अनुसार कतार, युएई, बहराइन, कुवेत र ओमानमा फिल्म रिलिज निश्चित भएको हो। त्यहाँका ठूला मल्टिप्लेक्स चेनहरु भक्स, स्टार, सिने रोयल, सिने पोलिस, सिननेको र नोभामा फिल्म प्रदर्शन हुने जनाइएको छ।

दशैं छेकोमा नेपालमा रिलिज भएको यो फिल्म अहिले पनि नेपालमा चलिरहेको छ। परदेशिएका नेपालीको कथा ब्यथा समेटिएको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी’को दोस्रो श्रृंखला हो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...