News Portal

सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको घाँटी रेटेर हत्या  

६९२ पटक

दिवाकर भण्डारी
कलैया : बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

नन्दलालको हत्यामा उनकै छिमेकको संलग्नता रहेको पाइएको छ । प्रहरीले नन्दलालका छिमेकी ४५ वर्षीय वीरेन्द्रलाल प्रसाद जैसवारलाई घटनाको मुख्य योजनाकारका रूपमा सार्वजनिक गरेको छ ।

वीरेन्द्रसहित घटनामा हाल सिम्रौनगढ नगरपालिकाका साबिकको अमृतगन्ज–९ का ५५ वर्षीय जोधा भनिने राम अयोध्या दास तत्मा, वीरेन्द्रका १९ वर्षीय छोरा विशाल र ६५ वर्षीय बैजनाथ राउत कुर्मी रहेका छन् ।

घटनामा नन्दलाललाई वीरेन्द्र र रामअयोध्याले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने उनका छोरा विशाल र बैजनाथले सहयोगीको भूमिका निभाएका थिए । आर्थिकरुपमा सम्पन्न नन्दलाल सफल कृषक थिए । उनको दैनिकी खेतीपाती र माछा पोखरीमा बित्ने गरेको थियो ।

सधैँ जसो खेतको काम सकेर साँझ घर आएका नन्दलाल गोठको काम गरिरहेको अवस्थामा मारिएका थिए । उनको शव घर छेउकै आँपको रुखमुनि शनिवार राति ८ बजे फेला परेको थियो । परिवारले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसबाहेक आर्थिक रूपमा सम्पन्न नन्दलालको नातिनीसँग आफ्नो छोराको विवाह गरेर सम्पत्ति हत्याउने वीरेन्द्रको सोच नन्दलालले विफल पारेका थिए । वीरेन्द्रको विवाह प्रस्ताव नन्दलालले अस्वीकार गरेका थिए । नन्दलाल र उनका भाइ अम्बिकाको संयुक्त परिवार एकै घरमा बस्थे । नन्दलालको सन्तान नभएको र भाइ अम्बिकाको एक छोरा र तीन नातिनी रहेका छन् ।

घटना लगत्तै अनुसन्धान थालेको प्रहरीले सोमबार साँझ वीरेन्द्र अन्य तीन जनालाई पक्राउ गरेको हो । घटनामा संलग्नको पहिचान गर्न तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो ।

घटनास्थलमा भेटिएका प्रमाण र परिवारले दिएको सूचना अनुसार शङ्का लागेर वीरेन्द्रलाई पक्राउ गरेपछि हत्याको वास्तविकता खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

डिएसपी राठौरका अनुसार नन्दलाल र वीरेन्द्रबिच केही समयअघि सामान्य मनमुटाब भएको थियो । वीरेन्द्र पनि कृषक हुन् । नन्दलालले अनुदानमा आएको रकमले पोखरी निर्माण गरेपछि वीरेन्द्र असन्तुष्ट थिए ।

त्यसबाहेक आर्थिक रूपमा सम्पन्न नन्दलालको नातिनीसँग आफ्नो छोराको विवाह गरेर सम्पत्ति हत्याउने वीरेन्द्रको सोच नन्दलालले विफल पारेका थिए ।

वीरेन्द्रको विवाह प्रस्ताव नन्दलालले अस्वीकार गरेका थिए । नन्दलाल र उनका भाइ अम्बिकाको संयुक्त परिवार एकै घरमा बस्थे । नन्दलालको सन्तान नभएको र भाइ अम्बिकाको एक छोरा र तीन नातिनी रहेका छन् ।

अम्बिकाका छोरासमेत १२ वर्षदेखि सम्पर्क विहीन भएपछि नन्दलालले सम्पूर्ण परिवारको अभिभावकत्व निभाउँदै आएका थिए । वृद्ध भए पनि परिवारको सम्पूर्ण निर्णय गर्ने नन्दलालले विवाह प्रस्ताव अस्वीकार गरेपछि वीरेन्द्र असन्तुष्ट भएर हत्या गर्ने तहमा पुगेको प्रहरीको भनाई छ ।

‘आर्थिकरुपमा सम्पन्न नन्दलालको हत्या उनको सम्पत्ति नै हत्याउन गरिएको जस्तो देखिन्छ’ डिएसपी राठौरले भने ‘नन्दलालको हत्या गरेपछि आफ्नो लागि बाटो खुल्ने योजनाका साथ वीरेन्द्र अगाडी बढेको र त्यही सोचले हत्याको योजनाको बनाएको बयानबाट बुझिएको छ ।’

घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले परिवारको बयानपछि वीरेन्द्रलाई पक्राउ गरेको थियो । वीरेन्द्रको बयानपछि अन्य पक्राउ परेको डिएसपी राठौरले जानकारी दिए । घटनामा अन्य दुई सहयोगी फरार रहेकाले खोजी भइइहेको राठौरले बताएको अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...