News Portal

सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको घाँटी रेटेर हत्या  

७४३ पटक

दिवाकर भण्डारी
कलैया : बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

नन्दलालको हत्यामा उनकै छिमेकको संलग्नता रहेको पाइएको छ । प्रहरीले नन्दलालका छिमेकी ४५ वर्षीय वीरेन्द्रलाल प्रसाद जैसवारलाई घटनाको मुख्य योजनाकारका रूपमा सार्वजनिक गरेको छ ।

वीरेन्द्रसहित घटनामा हाल सिम्रौनगढ नगरपालिकाका साबिकको अमृतगन्ज–९ का ५५ वर्षीय जोधा भनिने राम अयोध्या दास तत्मा, वीरेन्द्रका १९ वर्षीय छोरा विशाल र ६५ वर्षीय बैजनाथ राउत कुर्मी रहेका छन् ।

घटनामा नन्दलाललाई वीरेन्द्र र रामअयोध्याले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने उनका छोरा विशाल र बैजनाथले सहयोगीको भूमिका निभाएका थिए । आर्थिकरुपमा सम्पन्न नन्दलाल सफल कृषक थिए । उनको दैनिकी खेतीपाती र माछा पोखरीमा बित्ने गरेको थियो ।

सधैँ जसो खेतको काम सकेर साँझ घर आएका नन्दलाल गोठको काम गरिरहेको अवस्थामा मारिएका थिए । उनको शव घर छेउकै आँपको रुखमुनि शनिवार राति ८ बजे फेला परेको थियो । परिवारले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसबाहेक आर्थिक रूपमा सम्पन्न नन्दलालको नातिनीसँग आफ्नो छोराको विवाह गरेर सम्पत्ति हत्याउने वीरेन्द्रको सोच नन्दलालले विफल पारेका थिए । वीरेन्द्रको विवाह प्रस्ताव नन्दलालले अस्वीकार गरेका थिए । नन्दलाल र उनका भाइ अम्बिकाको संयुक्त परिवार एकै घरमा बस्थे । नन्दलालको सन्तान नभएको र भाइ अम्बिकाको एक छोरा र तीन नातिनी रहेका छन् ।

घटना लगत्तै अनुसन्धान थालेको प्रहरीले सोमबार साँझ वीरेन्द्र अन्य तीन जनालाई पक्राउ गरेको हो । घटनामा संलग्नको पहिचान गर्न तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो ।

घटनास्थलमा भेटिएका प्रमाण र परिवारले दिएको सूचना अनुसार शङ्का लागेर वीरेन्द्रलाई पक्राउ गरेपछि हत्याको वास्तविकता खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

डिएसपी राठौरका अनुसार नन्दलाल र वीरेन्द्रबिच केही समयअघि सामान्य मनमुटाब भएको थियो । वीरेन्द्र पनि कृषक हुन् । नन्दलालले अनुदानमा आएको रकमले पोखरी निर्माण गरेपछि वीरेन्द्र असन्तुष्ट थिए ।

त्यसबाहेक आर्थिक रूपमा सम्पन्न नन्दलालको नातिनीसँग आफ्नो छोराको विवाह गरेर सम्पत्ति हत्याउने वीरेन्द्रको सोच नन्दलालले विफल पारेका थिए ।

वीरेन्द्रको विवाह प्रस्ताव नन्दलालले अस्वीकार गरेका थिए । नन्दलाल र उनका भाइ अम्बिकाको संयुक्त परिवार एकै घरमा बस्थे । नन्दलालको सन्तान नभएको र भाइ अम्बिकाको एक छोरा र तीन नातिनी रहेका छन् ।

अम्बिकाका छोरासमेत १२ वर्षदेखि सम्पर्क विहीन भएपछि नन्दलालले सम्पूर्ण परिवारको अभिभावकत्व निभाउँदै आएका थिए । वृद्ध भए पनि परिवारको सम्पूर्ण निर्णय गर्ने नन्दलालले विवाह प्रस्ताव अस्वीकार गरेपछि वीरेन्द्र असन्तुष्ट भएर हत्या गर्ने तहमा पुगेको प्रहरीको भनाई छ ।

‘आर्थिकरुपमा सम्पन्न नन्दलालको हत्या उनको सम्पत्ति नै हत्याउन गरिएको जस्तो देखिन्छ’ डिएसपी राठौरले भने ‘नन्दलालको हत्या गरेपछि आफ्नो लागि बाटो खुल्ने योजनाका साथ वीरेन्द्र अगाडी बढेको र त्यही सोचले हत्याको योजनाको बनाएको बयानबाट बुझिएको छ ।’

घटना लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले परिवारको बयानपछि वीरेन्द्रलाई पक्राउ गरेको थियो । वीरेन्द्रको बयानपछि अन्य पक्राउ परेको डिएसपी राठौरले जानकारी दिए । घटनामा अन्य दुई सहयोगी फरार रहेकाले खोजी भइइहेको राठौरले बताएको अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...