News Portal

गैरआवासीय नेपाली संघको अल्वानीया एनसीसी गठन, आशिका बिक अध्यक्षमा चयन

हिमालीसंचार संवाददाता
३२९ पटक

कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत ५ नोभेम्बरमा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले आउँदो डिसेम्बर २०२३ सम्म सबै देशहरुमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे अनुसार अल्वानीया राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन भएको छ।

अल्वानीयामा बसोबास गर्ने एनआरएनहरुको ८ नोभेम्बर २०२३ को भेलाले एनआरएनए एनसीसी अल्वानीय गठन गरेको हो।

भेलामा एनआरएनए आइसीसी सचिव धर्मराज खतिवाडा, एनआरएनए युरोप संयोजक (आरसी) उल्का घिमिरे, एनआरएनए एनसीसी क्रोयसीया सल्लाहकार दावा लामाको समेत उपस्थिति रहेको थियो।

भेलाले अध्यक्षमा आशिका बिक, महासचिव आशुष पाठक र कोषाध्यक्षमा उर्मिला राईलाई चयन गरेको छ।

अब मान्यताको पत्र प्रदानपछि एनआरएनए एनसीसी अल्वानीयाले बाँकी पदमा पूर्णता दिएर सदस्यता वितरण गर्दै छिट्टै अधिवेशनद्वारा नयाँ नेतृत्व समेत चयन गर्ने गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...