News Portal

एनआरएनए क्यानाडाको बार्षिक साधारण सभा नोभेम्बर २६ मा हुने

हिमालीसंचार संवाददाता
३३० पटक

क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको राष्ट्रिय महाधिवेशन नोभेम्बर २६, २०२३ मा आयोजना गरिएको छ।

एनआरएनए एनसीसी (ग्लोबल एनआरएनए) क्यानाडाको बैठकको निर्णय अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि आयोजक समिति, निर्वाचन, बिधानलगायत विभिन्न तयारी समितिहरुसमेत गठन गरिएको छ।

अध्यक्ष कुन्दन घिमिरेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा बर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सल्लाकार, क्यानडामा रहनु भएका आईसीसी सदस्यहरुसमेत रहनु भएको छ।

निर्वाचन समितिमा संस्थाका कानूनी सल्लाहकार भोजराज भट्टलाई प्रमुख निर्वाचन आयुक्त, चन्द राई आयुक्त र एक जना उहाँहरुले नै राख्ने गरी ३ सदस्य निर्वाचन समिति गठन गरिएको छ।

सदस्यता विस्तार र वितरणको लागि उपाध्यक्ष सुमन पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। त्यसैगरी, बिधान मस्यौदा तयार गर्नको लागि सभापति अन्जनी भट्टराई, उपाध्यक्ष सुमन पौडेल, कानुनी सल्लाहकार भोजराज भट्ट रहेको समिति गठन गरिएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...