News Portal

प्रधानमन्त्री ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने मानन्धर पक्राउ

हिमाली संचार संवाददाता
५४४ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् ।

स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका मानन्धरले आज पाथिभारा डटकम अनलाइनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ । रातोपाटी डटकम

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...