News Portal

युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा इजरायली सैनिक मारिए

हिमालीसंचार संवाददाता
३७८ पटक

तेल अविव। इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ। आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन्।

इजरायलकै सेनाले आफ्नो सेनामा भएको हताहतीबारे जानकारी दिएको हो। घाइते हुनेमा एक इजरायली सेनाको अवस्था गम्भीर छ। इजरायली सेनाले अपहरणमा परेका मानिसहरू बचाउन जमिनको कारबाही सुरुवात गरेको बताएको छ।

इजरायली सेनामाथि हमासले एन्टी ट्यांक मिसाइल आक्रमण गरेको अल जजिराले जनाएको छ। अक्टोबर ७ मा हमासले इजरायलमा हजारौं रकेटहरु आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले गाजा पट्टीमा दुई हप्ताभन्दा बढी समयदेखि बमबारी गरिरहेको छ।

इजरायल र हमासबीच १७ दिनयता जारी युद्धमा इजरायलतर्फ १४ सय जनाले ज्यान गुमाएका छन् भने इजरायलको हवाई कारवाहीमा गाजा स्ट्रिपमा ४ हजार ३८५ जनाले ज्यान गुमाएका छन्। गाजामा मृत्यु हुनेमा १७ सय ५६ बालबालिका र एक हजार महिला पनि छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...