News Portal

सर्लाहीमा नेकपाका कार्यकर्ता आतंक‌ : गोली हानी कांग्रेस कार्यकर्ता महतोको लिए ज्यान

११६३ पटक

प्रकाश मैनाली
सर्लाही : सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका १ कार्यकर्ताको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।

बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउँदा  वडा नं. ४ का वडाध्यक्ष राम नरेश महतोका काका ५५ वर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश “क” बाट निर्वाचित सा‌ंसद बिरेन्द्र सिहले जानकारी दिए।

घाइते हुनेहरुमा सोही वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका स्थानीय प्रेम सिंहले बताएका छन् । घाइते लिन गएको एम्बुलेन्स माथि समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए । तोडफोडको क्रममा १० वटा घरमा समेत तोडफोड भएको हो ।

हिजो बिहान सोही नगरपालिका वडा नम्वर ४ बाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुटा भाचिएको र टाउकोमा गम्भिर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयमा घटनावारे बुझ्दा आफुहरुले बुझिरहेको डिएसपि पुरुषोतम पाण्डेले बताए ।

यति ठूलो घटना हुदा पनि प्रहरीले आरोपीलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयले आरोप लगाएका  छन्। घटनास्थलमा प्रहरीलाई खटाई घटनावारे बुझ्न एसपीलाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए। नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...