News Portal

गैरआवासीय नेपाली संघ बद्री समूहको चुनावी लफडा साइबर ब्यूरोमा 

हिमालीसंचार संवाददाता
२३४ पटक

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) बद्री समूहको चुनावी लफडा साइबर ब्यूरोमा पुगेको छ । काठमाडौँको पाँचतारे होटल सोल्टीमा निकै तामझामका साथ उद्घाटन गरिएको ११ औं विश्व सम्मेलन तथा महाधिवेशन अन्ततः बिथोलिएको छ ।

नयाँ नेतृत्व चयनको लागि भएको मतदानमा धाँधली भएको छ । अध्यक्षका प्रत्यासीले चुनाव परिणामलाई स्वीकार नगरेपछि नैतिक संकटमा पुगेको बद्री समूह अन्ततः पूर्वनिर्धारित कार्यक्रम स्थगित बाध्य भएको छ ।

गएराति सार्वजनिक गरिएको परिणाम अनुसार वर्तमान कार्यकारी अध्यक्ष बद्री केसीलाई जितको घोषणा गरिएको थियो । त्यसलाई चुनौती दिँदै अध्यक्षको प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठ शुक्रबार संयुक्त रुपमा साइबर ब्यूरोमा पुगेका थिए । उनीहरुले अनलाइन भोटिङ सिस्टम नै ह्याक गरेर परिणाम आफ्नो पक्षमा ल्याएको दाबी गरेका छन् ।

पराजित मात्रै होइन निर्वाचित पदाधिकारीले पनि चुनाव निष्पक्ष नभएको बताएका छन् । उनिहरुले परिणाम स्वीकार गर्न नसकिने बताएका  छन् । विवाद प्रहरीकोमा पुगेपछि आज हुने भनिएको घोषणा तथा समापन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएनन् । निर्वाचनको निष्पक्षमाथि नै प्रश्न उठेपछि र महाधिवेशन नै विवादित बनेपछि प्रधानमन्त्री कार्यक्रममा सहभागी नभएका हुन् ।

उपेन्द्रजिवालाई शर्मा र श्रेष्ठको दिए यस्तो जवाफ

चुनावको परिणाम स्वीकार गर्न संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई दवाव दिएका थिए । परिणाम सार्वजनिक गरेलगत्तै विरोधमा उत्रिएका शर्मा र श्रेष्ठलाई शुक्रबार उपेन्द्र र जिबाले बोलाएर केसीलाई स्वीकार गरेर जान दवाव दिएका थिए ।

शर्मा र श्रेष्ठले केसीलाई कुनैपनि हालतमा अध्यक्ष स्वीकार नगर्ने बरु विनोद कुँवरलाई अध्यक्ष मानेर अगाडि बढ्ने बताएका थिए । “धाँधली गरेर आफूले जितेको घोषणा गरिएृको छ, केसीलाई कुनैपनि हालतमा अध्यक्ष मान्न सकिँदै बरु विनोद कुँवरको टीममा गएर अध्यक्ष मान्न तयार छौं । शेष–विनोदले घोषणा गरेको महाधिवेशनको तयारीमा लाग्छौं” शर्मा र श्रेष्ठको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

उपेन्द्र र जिवालाई समेत चुनौती दिँदै शर्मा र श्रेष्ठ निष्पक्ष छानविनको लागि माग गर्दै साइबर ब्यूरो पुगे ।

विवाद समाधान नभएसम्म समापन समाराेहमा सहभागी नहुने संकेत प्रधानमन्त्रीले सन्देश पठाएपछि तीनवटै अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर घोषणासभा तथा समापनलगायत सम्पूर्ण स्थगित गरिएको जनाए ।

सोल्टीमा शेष र विनोदको माग र खत्रिको चर्चाः

आज हुने भनिएको समापन समारोहको लागि होटल सोल्टीमा पुगेका गैरआवसीय नेपालीहरु आज दिनभर अन्यौलमा र तनावपूर्ण अवस्थामा रहे । उनीहरुले १० औं महाधिवेशनमा विवाद र अहिलेको अवस्था आउनुमा केसी समूह बढी जिम्मेवार रहेको बताइरहेका थिए ।

सहभागीहरुले शेष घले र विनोद कुँवरको टीमलाई सम्झिए । गैरआवसीय नेपालीको लागि शेष–विनोद टीमको विकल्प नभएको भन्दै सोल्टीमा सहभागी केहीले उनीहरुको माग गर्दै नारा समेत लगाएका थिए । “शेष–विनोद आउ, एनआरएनए बचाऊ, अबसरवादी केसी बाइबाइ” जस्ता नारा पनि लगाएका थिए ।

शेष घले र विनाेद कुँवर अहिले नेपालमा छैनन् । उक्त टीमको तर्फबाट नेपालमै आफ्नो धारणा राखिरहेका दिपेश खत्रीलाई जिउँदो एनआरएनए भन्दै अधिकांशले प्रशंसा गरे । खत्रिले निर्वाचन स्थगित गर्न माग गर्दै अदालत समेत गएका थिए । उनले केसीको लगानी रहेको अनलाइन भोटिङ कम्पनीले निष्पक्ष चुनाव गर्न नसक्ने सार्वजनिक रुपमा बताउँदै आएका थिए ।

शेष–विनोद पक्षले आगामी मार्च २ र ३ मा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । केसी समूहको बद्मासीका कारण अधिकांश गैरआवसीय नेपालीहरु उक्त सम्मेलनमा सहभागी दाबी गरिएको छ ।

“एनआरएनएको अब मुल धारा विनोद कुँवरले नेतृत्व गरेको पक्ष हो । अब त्यसको विकल्प छैन” एक सहभागीले भने । उनले आफू मार्चमा हुने विश्व सम्मेलनमा सहभागी हुने समेत बताए । उनले महताे- जिवा, भवन कोही पनि गैरआवसीयको लागि जिम्मेवार नभएको समेत बताए।

उनले शेष घलेको भिजन २०२० अहिले आएर बल्ल बुझिएको बताए । “शेष दाईको भिजन २०२० बल्ल २०२३ मा आएर बुझियो, उहाँ मात्रै एनआरएनएको अभिभावक रहेको भन्दै संकटको बेला सबैलाई एक जुटाउन शेष दाईले मात्रै सक्नुहुन्छ” अर्का सहभागीले भने । उनले एनआरएनएमा जबरजस्त विवाद सिर्जना गरी विभाजित बनाउनेहरु महताे-बद्रीभन्दा शेष-विनोद धेरै गुणा इमान्दार भएको बताएको बताए।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...