News Portal

गंगाजमुना गाउँपालिकाको माेटर बाटो मर्मत नहुँदा स्थानीय जनताले पाए सास्ती!

हिमालीसंचार संवाददाता
७१८ पटक

धादिङगंगाजमुना गा.पा वडा न:१/२का जनताले बाटोको कारण धेरै दु:ख पाईरहेका छ्न। वडा न१ मा त चाडपर्व अगाडी बाटो मर्मत तथा सरसफाई गर्ने कुनै शुरसार नै छैन। भाडा महङ्गो तिर्नुपर्ने बाध्यता भएता पनि सरकारवालाहरु चुपचाप बसेको देखिन्छ।

साधै जनप्रतिनिधिहरुले कुनै चासो लिएको देखिदैन । वडा न१मा बजेटको २०८०/८१ को बिनियोजित बजेटमा दश लाख छुट्टाएका छन। तर पनि वडा अध्यक्ष र जनप्रतिनिधिको स्वार्थको पूरा गर्न आफ्नो अनुकूल समिति बनाउन चलखेल भैरहेकोले मर्मत सम्भार हुन्न नसकेको स्थानीयबासी बताउछ्न। बाटो मर्मत नहुँदा वडा नम्बर १ का चोके, इबि, रि, गोम्बा, रिचेत, किचेत, चेप्राङ,करङका गाउँबासिन्दाहरुले धेरै समस्य, दु:ख,कष्ट, कठिनाई भोग्नुपरेको छ।

कामको शिलशिलामा स्वदेश तथा बिदेशमा रहेका गाउँबासिन्दाहरुलाई चाडपर्बमा गाउँ आउन धेरै सास्ती र कठिनाई छ। भौगोलिक बिकट्तामा रहेको गाउँकाे बाटो समयमा मर्मत नगर्दा जनताले निकै सास्ती भोगिरहेका छन् । सर्बजनिक रूपमा गाउँ टोलवासिन्दालाई बोलाएर बनाउनु पर्ने उपभोक्ता समिति वडा अध्यक्ष बहादुर तामाङले आफ्नो कार्यकर्तालाई मात्रा राखेर गोप्यरूपमा समिति बनायो भन्ने कुरा आएकोले स्थानीय युवाहरूले गोप्य रूपमा बनाएको समितिको घोर भर्सना गर्दै बिरोध गरेको छ्न।

यस पाली पनि आफ्नो अनुकुल मान्छेहरु समितिमा राखेर बजेटलाई आफ्नो खल्तीमा हाल्ने दाउमा रहेको कारण समयमा बाटो मर्मत नगरेको स्थानीय जनताले बताए । जनप्रतिनिधिहरुले समयमा बाटो सरसफाई गरेन भन्ने गोप्य रूपमा समिति बनाई काम नगरि बजेटको दुरुपयोग गरेमा स्थानीय जनताले प्रतीकार गर्ने र स्थानीय चुनावमा माओबादी केन्द्रका बाहुर तामाङले चुनाव जितेका थिए। समय मोटरबाटो मर्मत सम्भार नहुदा स्थानीय बासिन्दाले महत्वपूर्ण चाडबाडमा समेत आफ्नो घर जानबाट वञ्चित भएका छन्

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...