धरानमा सिजी कम्पनीको “वाइवाइ” अखाध प्रमाणित, कम्पनीलाई २ लाख ५० हजार जरिवाना

धरान – धरानमा उपमहानगरपालिका धरानले सिजी कम्पनीको वाइवाइ चाउचाउ परीक्षण गर्दा अखाध प्रमाणित भएपछि २ लाख ५० हजार जरिवाना गरेको छ।
धरान उपमहानगरपालिका धरान संयोजक, उपमेर अइन्द्रविक्रम बेघाको टोलीले बजार अनुगमन गर्दा उक्त कम्पनीको बस्तु अखाध्य प्रामाणित भएपछि समितिले जरिवाना गरेको हो।
गत बिहिबार उपमेयर बेघाको अध्यक्षता र मेयर हर्कराज राई ‘साम्पाङ’ प्रमुख आतिथ्यमा आयोजित समितिको बैठकले सिजी कम्पनीको वाइवाइ चाउचाउलाई २ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
बजार अधिकृत सापकोटाका अनुसार वाइवाइ चाउचाउ खरिद गरेर लगेका उपभोक्ताले दुर्गन्ध आएको गुनासो असोज २५ गते गरेका थिए । उपभोक्ताले धरान-१५ मदनआश्रित मार्गको आयुष स्टोरबाट खरिद जानकारी दिएपछि बजार अनुगमन अधिकृतसहितको टोली अनुगमनका लागि स्टोर पुगेको थियो ।
धरान-१५ स्थित आयुष स्टोरबाट अनुहमन टोलीले मुचुल्का उठाएर वरामद गरेको चाउचाउ गत २६ गते परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवामार्फत विराटनगरको प्रयोगशालामा परीक्षणको लागि पठाए। प्रयोगशालाबाट अखाध्य प्रमाणित रिपोर्ट आएपछि समितिले जरिवाना गरेको हो।
विराटनगर प्रयोगशालाको रिपोर्टमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु १ भन्दा बढी नहुनुपर्नेमा २.८५ देखिएको थियो । तोकिएको भन्दा बढी एसिड भ्यालु भएको रिपोर्ट आएकोले यो कम गुणस्तरको खान अयोग्य चाउचाउ भएको पुष्टि भयो। अनुगमन अधिकृत सापकोटाले भने, त्यसैले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च सबैको उपस्थितिमा नगरपालिकामा बैठक बसेर कानुनमा भएको व्यवस्था वमोजिम तत्काल २ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको छ ।
सिजी कम्पनीले जरिवाना शुक्रबार तिर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीले जरिवाना नतिरेसम्म धरानमा वाइवाइ चाउचाउ बिक्रीवितरण नगर्न निर्देशन दिइएको समेत उनले बताए । समितिले वरामद गरेको ९ कार्टुन वाइवाइ चाउचाउ र खुला रहेको ८२ प्याकेट नष्ट गरिएको सापकोटाले जानकारी दिए ।

















