आज : २०२६-०७-०२, बिहीबार

गायक पुरुषोत्तम त्रिपाठीको नयाँ गीत “माया हो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – नेपाली आधुनिक संगीत बिधामा लामो समयदेखि कलम चलाउँदै आएका गायक तथा गीतकार पुरुषोत्तम त्रिपाठीको “माया हो” बोलको गीत पुरुषोत्तम त्रिपाठी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

सार्वजनिक गीतका सर्जक त्रिपाठी पछिल्लो समय गायन क्षेत्रमा समेत सक्रिय छन्। गायक स्वयमले शब्द रचना गरेको गीत भर्खरै सार्वजनिक गरेका हुन्। 

सार्वजनिक गीतमा संगीतकार दिपक शर्माले संगीत भरेका छन्। त्यस्तै दिवस धिताल, जरिना परियार, सोनी बिसी, प्रसान्त यादव लगायतका कलाकारहरुको अभिनय रहेको छ।

म्युजिक भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् :-

https://youtu.be/gkob6BvQ14w?si=AbadWKOzl4zrfe6G