News Portal

खोटाङ जिल्ला अस्पताल दिक्तेलमा अपरेशन सेवा बन्द

हिमालीसंचार संवाददाता
३२९ पटक

खोटाङ – जिल्ला अस्पताल खोटाङ दिक्तेलका बेहोस गराउने स्वास्थ्यकर्मी विरामी भएपछि जिल्ला अस्पताल दिक्तेलबाट प्रवाह हुने अपरेशन सेवा प्रभावित भएको छ।

जिल्ला अस्पताल खोटाङमा कार्यरत अपरेशनका क्रममा विरामीलाई बेहोस गराउने स्वास्थ्यकर्मी विरामी भई उपचारको सिलसिलामा काठमाडौं जानु भएकाले अर्को व्यवस्था नहुजेलसम्मका लागि डेलिभरी र अपरेशन सेवा बन्द रहने सूचना जारी गर्दै जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख डाक्टर चतुरानन्द यादवले बताए। 

जिल्लामा कार्यरत एनेस्थेसिया सहायक अस्पताल व्यवस्थापन समितिलाई पुर्व जानकारी गराएर उनी पुर्व स्वीकृति लिएर उपचारका लागि काठमाडौं गएका हुन्। अस्पतालले उनी दशैंपछि मात्र उपस्थित हुने जनाएको छ ।

जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाको बैकल्पिक व्यवस्था नहुदा बेहोस बनाएर गर्नुपर्ने डेलिभरी र अपरेसन सेवाका लागि जिल्ला बाहिर जान वाध्य हुनु परेको हो । 

विस २०४९ बैसाख १ गते स्थापित जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन।जिल्ला अस्पतालमा निकसाइमल नामक संस्थाले एक जना एनेस्थेसिया सहायक उपलब्ध गराएका हुन्। हालसम्म एउटा दरबन्दी ल्याउन नसकेको भन्दै  नेतृत्वको आलोचना हुदै आएको छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...