News Portal

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?

कुवेती दिनार १ को नेपाली ४२९ रुपैयाँ ७० पैसा

हिमालीसंचार संवाददाता
३९७ पटक

काठमाडौं। मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा तोकिएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत असोज २ गते डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य १ पैसा बढी हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ०४ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा पाइन्छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ४६ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा पाइन्छ। पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ०७ पैसा र बिक्रीमा २८ रुपैयाँ २० पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २३ पैसा तोकिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...