News Portal

एनआरएनमा सबै कुरा मिल्यो भनेर ढाँटिएको रहेछ, बिचार गर्छु: प्रधानमन्त्री दाहाल

हिमालीसंचार संवाददाता
५९९ पटक

काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूथ एम्बासडर दिपेश खत्रीले नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाललाइ भेटेर अदालतमा मुद्धा हुँदाको अवस्था छ, प्रधानमन्त्रीकै रोहबरमा हस्ताक्षर गरेको संझौता नमानेर एकातर्फ गर्न लागिएको महाधिवेशनमा सरकार सहभागी हुन नहुने जानकारी गराएका छन्।

अदालको आदेश पत्रको प्रति समेत बुझिलिंदै प्रधानमन्त्रीले भन्नुभयो, मलाइ त सबै मिलिसक्यो भन्नु भएको हो। प्रधानमन्त्रीको सो जवाफ खस्न नपाउँदै एनआरएनको हैसियत समाप्त भएका डा. उपेन्द्र महतोले त्यो सबै मिलिसक्यो, यो भाइलाई थाहा छैन भनेर ठाउँका ठाउँ नै ढाँटे।

प्रधानमंत्री दाहालले फेरी पनि भन्नुभयो, मुद्दा पनि थपिएछ, मलाइ त सबै मिल्यो भन्नु भएकाले म आउन लागेको हो। यदि कुरा मिलेको छैन भने म बिचार गर्छु। यस्तो हुँदैन, मेरो रोहबरमा नै सहमति भएको अनि अहिले सम्म मलाइ मिल्यो भनेर ढाँट्ने, आखिर कुरा त मिलेको रहेनछ। जे भएपनि जानकारी दिनुभयो बाबुलाई धन्यवाद। पत्र दिने समय खत्रीलाई एनआरएनहरुले आक्रमण गर्न र लछार्न पनि खोजेका थिए।

स्मरणीय कुरा एनआरएनका दुइ घटक एक बनाउन प्रधानमन्त्रीको रोहबरमा हस्ताक्षर थियो। तर त्यसलाई अर्को पक्षले पालना गरेन। पावर ब्रोकर लगायर सबै मिल्यो भनेर ढाँटेको कुरा त प्रष्ट नै भयो।

 

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...