News Portal

भक्ती सागर गीति एल्बम सार्वजनिक

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाण्डौं। विजया दशमी २०८० तथा दशैंको अवसर पारेर ओएसनेपालको आयोजनामा ओएस नेपालको प्रस्तुतिमा रहेको भजनको गीति एल्वम भक्ति सागर राजधानीमा एक भव्य  समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ।

विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उहाँको यो ३३औं कृति हो भने यस भक्ति सागर (गीतिएल्वम) भजनमा चार वटा भजनहरू जय गणेश, दुर्गे भवानी, हे राम राधे श्याम, हरे राम भजनहरू समावेश रहेको छन्। स्वयम् रचनाकार सुरेन्द्र महर्जनकै स्वर यस गीति एल्बमभित्र रहेको छ। एल्बमभित्र रहेको सम्पूर्ण भजनहरूमा वरिष्ठ संगीतकार राम कार्कीको एकल संगीत र एरेन्ज रहेको छ।

एल्बम सार्वजनिक समारोहमा सयौं जनाको जनाको सहभागिता रहेको थियो। ओएस नेपालको तर्फबाट विवेक कार्कीले कार्यक्रमको सभापतित्व ग्रहण गरिएको थियो। उक्त कार्यक्रममा दिनेश डिसि, चर्चित एवं विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिव परियार, गायक रामकृष्ण ढकाल, एचबि ताम्राकार, अरुण देव जोशी, बब्लु गुप्ता  नेपाल, राजेन्द्र ताम्राकार, पदम सुनार, हरि ढकाल, प्रभा शर्मालगायत अथिति हुनुहुन्थ्यो। दशैंको शुभ अवसर पारेर भजन सार्वजनिक गर्न पाउँदा खुशी लागेको ओएसनेपालको तर्फबाट सुमन सापकोटाले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...