News Portal

  • ग्यासको व्यवस्थित विक्रिवितरणबारे कार्यविधी बनाएर जानुपर्ने : अध्यक्ष घिमिरे

    हिमालीसंचार संवाददाता
    ३७४ पटक

    काठमाण्डौं। नेपाल एलपि ग्यास उधोग संघको यहि अशोज ९ र १० गते सम्पन्न २८औं साधारण सभा तथा ११औं अधिवेसनवाट निर्वाचित कार्यसमितीलाई ग्यास विक्रेता महासंघको तर्फवाट आयोजित बधाई शुभकामना कार्यक्रममा ग्यास विक्रेता महासंघका नि.वर्तमान अध्यक्ष, ज्ञानेश्वर अर्याल, नेपाल एलपि ग्यास उधोग संघको पुर्व अध्यक्ष गोकुल भण्डारी र नवनिर्वाचित अध्यक्ष शिव प्रसाद घिमिरेले मन्तव्य राखेका थिए।

    मन्तव्यको क्रममा महासंघको निवर्तमान अध्यक्षले ग्यासको व्यवस्थित विक्रिवितरणमा जोड दिए। पुर्व अध्यक्ष गोकुल भण्डारीले ग्यास कारोबार व्यवस्थित गर्न विक्रेता प्रमाणिकरण अभियानलाई पुर्णता दिनुपर्ने विषयमा जोड दिए। नवनिर्वाचित अध्यक्ष घिमिरेले हाल चर्चामा रहेको ग्यासको ठुला सिलिण्डर विषयमा विक्रेताहरुलाई समस्या नपर्ने र आपसी छलफलबाटै अघि वढ्ने कुरा राखे भने, ग्यासको विक्रिवितरण व्यवस्थित गर्न यससंग संवन्धित कार्यविधि वनाएर अघि वढ्ने विषयमा जोड दिएका थिए।

    कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई महासंघको तर्फवाट बधाई दिदै महासंघका अध्यक्ष चन्द्र बहादुर थापाले हाल चर्चामा रहेको ठुला सिलिण्डर, ग्यास विक्रेताहरुको विमा, स्थानिय स्तरमा ग्यास प्रयोगमा जनचेतना कार्यक्रम, स्वचालित मुल्य प्रणाली, कमिसन सन्दर्भमा, ग्यास विक्रेता प्रमाणिकरण, ग्यास विक्रिवितरण संवन्धमा कार्यविधी सन्दर्भमा विषय उठान गरि कार्यक्रम समापन भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...