News Portal

हवाई हमलामा हमासको वायुसेना प्रमुख मारिए : इजरायल

हिमालीसंचार संवाददाता
३०६ पटक

तेल अभिभ। गए राति गरिएको हवाई आक्रमणमा हमासको वायुसेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायुसेनाले जनाएको छ। गाजापट्टीस्थित हमासको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निसाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ।

इजराइली वायुसेनाले मुराद अबु मुराद गएको शनिबारको नरसंहारमा आतंकवादीलाई निर्देशन दिन धेरै हदसम्म जिम्मेवार रहेको जनाएको छ।

“साथै, पछिल्लो दिनमा वायुसेनाको लडाकु जेटहरूले हमास आतंकवादी संगठनको मुख्यालयमा आक्रमण गरे, जहाँबाट उक्त संगठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो,” सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजराइली वायुसेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतंकवादीलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन्।”

गत राति इजराइली वायुसेनाले हमास कमान्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको जनाइएको छ।

इजराइली वायुसेना र इजराइली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ। – रासस/एएनआई

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...