News Portal

प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खालिफाले गुमाइन् जागिर

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौं। हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन्। यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ।

प्यालेस्टाइनको समर्थन गर्दा खालिफालाई निकै महंगो परेको छ। उनले जागिर गुमाउनुपरेको छ। उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन्।

उनले ट्वीटरमा लेखेकी थिइन्, ‘यदि तपाईं प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईं भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ।’

‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ,’ दोस्रो ट्वीटमा उनी लेख्छिन्। उनको ट्वीटले रेड लाइट हल्याण्डका सीईओ टोड शापिरोको ध्यान खिचेको छ। उनको कम्पनीले अमेरिका र युरोपमा च्याउ उत्पादन गर्ने र बेच्ने होम ग्रोथ किट गर्छ। यस वर्षको सुरुमा उनले खालिफालाई कम्पनीमा ल्याएका थिए, जहाँ उनले कम्पनीको अनलाइन व्यापार बढाउन मद्दत गर्थिन्।

जागिर नै गुमाउनुपर्‍यो

रेड लाइट हल्याण्डका सीईओ टोड शापिरो अभिनेत्री खालिफाको उक्त ट्वीटपछि त्रसित देखिएका छन्। लगत्तै उनले मिया खलिफालाई जागिरबाट निकालेको घोषणा गरे। यसलाई लिएर दुवैबीच चर्को बहस समेत भयो। मियाले अहिले जागिर गुमाइन्। खालिफाको ट्वीटपछि प्लेब्वायले उनीसँगको सम्झौता खारेज गर्दै उनको च्यानल पनि हटाएको छ।

वयस्क फिल्मका कारण परिचित खालिफाको पछिल्लो अभिव्यक्तिले लेबनानी-अमेरिकी मिडियाको ध्यान आकर्षित गरेको छ र नयाँ बहसलाई जन्म दिएको छ। सामाजिक सञ्जालमा यसबारे धेरै प्रतिक्रिया आएका छन्।

हमासले इजरायलमा हमला गरेपछि युद्धले नयाँ मोड लिएको छ। इजरायलले गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ। दुवै पक्षतिर मृत्यु हुनेको संख्या बढिरहेको छ। यस घटनामा १० नेपाली विद्यार्थीले पनि ज्यान गुमाए। घटनामा ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...