News Portal

सुरेन्द्र महर्जन’अमर’को रचनाको नेवारी म्युजिक भिडियो सार्वजनिक [भिडियो सहित]

हिमालीसंचार संवाददाता
४९९ पटक

काठमाण्डौं। विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ”जि खोपय् च्वम्हँ  हिरो” को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ।

सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार फिल्ममा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देख्न सकिन्छ।

निर्देशक राजेश मान सिंहले जानकारी दिए अनुसार नेपाल भाषामा तयार भएको म्युजिक भिडियोलाई उत्कृष्ट अनि राम्रो भिडियो बनाउनको निमित्त हरसम्भव मेहनत गरेको बताउनुभयो। म्युजिक भिडियो हेर्ने सबैले नयाँ तथा फरक अनुभव गर्न सकोस् भनेर बिहानदेखि बेलुकीसम्म मेहनत गरेर पाँच दिनसम्म सुटिङ गरिएको पनि जानकारी दिनुभयो।

गायक सुर्य कमल राई र दिलु श्रेष्ठको स्वरमा सजिएको नेवारी गीतमा संगीतकार तथा गायक सुर्यकमल राईको मिठो संगीत रहेको छ। अरु म्युजिक भिडियोभन्दा फरक शैलीमा नायक/नायिकालाई मात्र समावेश नगरी छुट्टै कथा समेटिएर चलचित्रमा झैं एक तर्फ नायक/नायिका दोस्रो तर्फ खलनायकको पनि भूमिका रहेको हुनाले भिडियो हेर्दा गीत/संगीतको साथै फिल्ममा जस्तो कथावस्तु समेटेर नायक नायिकाको मायाप्रीत अनि हिरोसँग खलनायकसँगको फाइट सिन पनि रहेकोे कारण  दर्शक र स्रोताहरू सबैले म्युजिक भिडियो हेर्दा फिल्म हेरेको जस्तो अनुभव मिल्नेछ।

नेवारी बुझ्ने नबुझ्ने सबैले म्युजिक भिडियो हेरेपछि नेपाल भाषा नै किन नहोस् नेवारी गीतको छुट्टै आनन्द लिन सकिने छ। गीतमा फाइट निर्देशन सुरज श्रेष्ठ (एक्सन फाइट), सहायक फाइट सहनिर्देशन भने बाबु तामाङ/दोर्जे लामा/जीवन कार्कीद्वारा गरिएको छ।

छायांकन र सम्पादन सोहन मानन्धर स्टिल रहेको अनि फोटो ग्राफी विक्रम खड्गी रहेको छ। गीतको निमित्त सल्लाह सुझाव राजु श्रेष्ठको भूमिका उच्च स्थानमा रहेको छ।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...