News Portal

गायक बुद्ध राई र गायिका बसन्ता राईको रामदले भाग-३ भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता/आशकुमार राई
१२८४ पटक

काठमाडौं – गायक बुद्ध राई र गायिका बसन्ता राईको संयुक्त आवाजमा रहेको रामदले भाग-३ गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

गायक राईको अफिसियल युट्युव च्यानल मार्फत आज उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

विशेष गरेर दशैं-तिहारको वरिपरि पुर्वी पहाडी जिल्ला ओखलढुंगा आसपास क्षेत्रमा गाईने गाउँले टिपिकल रामदले भाकाको शब्द राजबहादुर राईले लेखेका हुन भने उक्त पुरानो शब्दहरुको संकलन गायिका बसन्ता राईले गरेका हुन।

सार्वजनिक गीतको संगित संयोजन सबिन लिम्बुले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरिले गरेका हुन।

स्टुडियो अकस्टिक नेपालमा रेकर्डिष्ट दिल सार्कीले रेकर्ड गरेको यो गीतको स्टुडियो म्युजिक भिडियोको छायांकन तथा संपादन मदन राइले गरेका हुन।

ओखलढुंगा आसपासका स्थानीय भाकाहरु भध्यको यो अत्यान्तै लोकप्रीय टिपिकल रामदले लोक भाकाको भाग-१ र भाग-२ पछि गायक, गायिकले भाग-३ बजारमा ल्याएका हुन। 

गायक बुद्ध राई र गायिका बसन्ता राईले यसअघि सार्वजनिक गरेका रामदले भाका भाग-१ र भाग-२ दर्शक श्रोतासामु निक्कै लोकप्रिय भएको थियो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...