News Portal

एयर एसियाले करोडौँ बक्यौता नतिरी बिदा भयो

हिमाली संचार संवाददाता
६२७ पटक

सिवी अधिकारी 

काठमाडौँ– मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एसिययाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो ।

उक्त कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई रु १३ करोड बक्यौता तिर्न बाँकी छ । यो विलम्ब शुल्क हो । कम्पनीले हालसम्म करीब रु ३० करोड रकम बुझाइसकेको विमानस्थलले जनाएको छ ।

एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एसियाले वाइड बडी ए ३३० बाट दैनिक यहाँ उडान भर्दै आएको थियो । बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आसयसहित विमानस्थललाई पत्राचार गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्कबापतको रु सात करोडभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्नेछ ।

नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहे पनि श्रम सम्झौता हुन सकेको थिएन । नेपालबाट कामका लागि जानेमाथि ठगी भएको भन्दै सरकारले केही समयका लागि श्रम स्वीकृति रोकेको थियो । दुई देशबीच भएको श्रम सम्झौतापछि उक्त एयरलाइन्सले पुनःसेवा शुरु गर्नसक्ने महाप्रबन्धक क्षेत्री बताउँछन् ।

वैदेशिक  रोजगारीमा जाने कामदारलाई लक्ष्य गरी उडान भर्न शुरु गरिएको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निर्णय गरिएको थियो । महाप्रबन्धक क्षेत्रीका अनुसार लगातार घाटा भएपछि उडान भर्न बन्द गर्ने भन्दै सेवा बन्दका लागि कम्पनीले निवेदन दिएकामा कामदारको समस्या समाधान हुने भएकाले उडान बन्द नगर्न सुझाइएको थियो ।

नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान भर्ने एयरलाइन्स काठमाडौँबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । हाल सो मार्गमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले उडान भर्दै आएका छन् ।

बोर्डलाई सात करोड तिर्न बाँकी

एयर एसियाले नेपाल पर्यटन बोर्डलाई रु सात करोड २३ लाख बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । विगत एक वर्षदेखि उक्त वायुसेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका सूचना अधिकारी रोहिणीप्रसाद खनालले जानकारी दिए ।

एयर एसियाको उक्त रकम जरिवानासहितको हो । बोर्डले बक्यौता रकम तिर्न सो कम्पनीलाई पटक पटक आग्रह गरे पनि अटेर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत रकम असुलका लागि पहल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...