News Portal

गैरआवासीय नेपाली संघद्वारा इजरायलमाथि भएकाे आक्रमणको भर्त्सना

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडाैं। गैर आवासीय नेपाली संघ एनआरएनएले इजरायलमाथि शनिबार गरिएको आक्रमणको भर्त्सना गरेको छ। इजरायलमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा परेका तीन नेपाली सम्पर्कविहीन रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एनआरएनएले बताएको छ। एनआएनएका अनुसार, त्यस कृषि केन्द्रमा १७ जना नेपाली थिए। तीमध्ये ९ जना घाइते भएका छन्। अन्य ५ जनाको सकुशल उद्धार भएको छ भने ३ जना सम्पर्कविहीन छन्। आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी रहेको एनआएनएले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद्ले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ।

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ। यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँस्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न संघले अनुरोध गरेको छ।

यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष पदको उम्मेदवार चिरञ्जीवी घिमिरेले पनि उक्त घटनाको भर्त्सना गर्दै तिनीहरूको उद्धारको लागि गैर आवासीय नेपाली सङ्घ र अन्य सङ्घ संस्थाहरूले स्थानीय प्रशासन सँग सहकार्य गरीरहेको बताएका छन्। उनले भनेका छन् त्यहाँ रहनु भएका सम्पूर्णलाई सुरक्षित रहन अनुरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित उद्धार कार्यमा लाग्नु भएकाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...