News Portal

मोरङको रतुवामाई स्थित जितिया संस्कृतिक कार्यक्रम भव्य सम्पन्न

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
४६६ पटक

असोज-२१,आईतवार/मोरङ – मोरङको रतुवामाई-९ स्थित ठकठकियामा थारु सिर्जनसिल युवा क्लब

द्वारा तेस्रो जितिया विशेष धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ।

कार्यक्रम विभिन्न जितियाको गीत तथा अन्य गीतमा समेत सास्कृतिक नृत्य गर्नुका साथै सहभागीहरुलाई मनोरञ्जन समेत गराएका थिए । जितिया पर्वको उपल्यक्षमा अतिथिहरुले सहभागी महिला दिदी-बहिनीहरुलाई ब्रतको र मनोकामना समेत पुर्णहोस भनी शुभकामना  दिएका थिए । 

कार्यक्रममा सहभागी बलवहादुर बस्नेतले भने अहिलेका राष्ट्रियपतिले एउटा आफ्नो पार्टीका गुण्डा नाईकेलाई रिहाई गरेको र अदालतको अपहेलना समेत गरेर पिडित परिवारको छुटिसकको घाउ समेत पुनः घोचेको आरोप समेत लगाएका छन ।  

आयोजित कार्यक्रमको प्रमुख अथिति नगर प्रमुख नेगेश्वर प्रसाद सिंह, विशिष्ट उप-प्रमुख दयन्ता देवी चुडाल, समाजसेवी बलवहादुर बस्नेत, थारु समाजका नरेश धामी थारू, वडाअध्यक्ष इन्द्रवहादुर चोङ‌माङ  पुष्पवहादुर कार्की, रंगेली नगरपालिका-४ का वडाअध्यक्ष अबधेश मण्डल, पुर्व मेयर रविन राई,  थारु समाजको प्रतिनिधि, बिधालयका प्रअ, स्थानीय बुद्धिजीवी समाजसेवी लगायतको समेत सहभागीता रहेको थियो । 

थारू समाज रतुवामाई-९ ले आयोजित कार्यक्रमको आयोजना गरेको थियो।  विशिष्ट अथितिहरुलाई मायाको चिनो दिएर सम्ममान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...