News Portal

नेपाल राष्ट्र बैंकसँग २ खर्ब नयाँ नोट छ, दसैँमा क्यूआर माध्यमबाट नयाँ नोट साट्न पाइने

हिमालीसंचार संवाददाता
४८३ पटक

काठमाडौं – यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेका छन्।

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ नेपालमै पहिलो पटक क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको हो।

नेपाल राष्ट्र बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ। सेवाग्राहीको भिडभाड र सहजताका लागि यो बर्ष यस्तो व्यवस्था गर्न लागेको नेपाल  राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रुपैयाँ ५, १०, २०, ५० र १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने भएको छ।

उपत्यकासहित देशका ७ वटै प्रदेशस्थित नेपाल राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यको भनाइ छ ।

राष्ट्र बैंकसँग २ खर्ब नयाँ नोटः नेपाल राष्ट्र बैंकसँग अहिले २ सय अर्ब अर्थात २ खर्ब रुपैयाँ नयाँ नोट रहेको छ। अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी कुल २ खर्ब रुपैयाँका नयाँ नोट रहेको छ ।

विगतमा चार्डपर्व लक्षित गर्दै साना दर ५ देखि १०० रुपैयाँसम्मको १० देखि १२ अर्ब र ठूला दर अर्थात ५ सय र १ हजार रुपैयाँको ३० अर्ब रुपैयाँसम्म नयाँ नोट सटही हुने गरेको थियो ।

नेपाल राष्ट्र बैंकले यो वर्ष ४० अर्बको हाराहारीमा नयाँ नोट बजारमा वितरण हुने अनुमान गरेको छ । नेपाल राष्ट्र बैंकले विगतदेखि नै दशैंमा नयाँ नोट साटही गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...