News Portal

मुक्तककार नम्रता निराश्रितका तीन मुक्तकहरु

हिमालीसंचार संवाददाता
३६५ पटक

मुक्तक – १

विश्वासको शिखर चढ्न खोज्यो देखिन्छ भिर यहाँ सधैँ !
आँखा चिम्लिएर फड्को मार्न आट्दा पर्छ पीर यहाँ सधैँ !!
बतास चलोस् हुरी आओस् मडारिदै भुमरीमा परे पनि,
जीवन त आखिर चलिरहेकै छ प्रेमकै खातिर यहाँ सधैँ !!

मुक्तक – २

आँसुको मूल रित्तिदै गयो रोकियो बग्नलाई !
श्रद्धाको लाज हराउदै गयो के भन्नु नग्नलाई !!
छैटीको लेख्नलाई भुल्या खाली यो भाग्यमा ,
के बाँकी छ र सकिदै गयो छोडेन ठग्नलाई !!

मुक्तक – ३

कोही सुनाउँछन् आफ्नो घरको कहानी !
कसैले बताउँछन् आफ्नै रहरको कहानी !!
शङ्कालु यो मनको बादल कहिल्यै नहट्ने ,
म सुनाउँछु आज मेरो यो डरको कहानी !!

नम्रता “निराश्रित”
नयाँबजार -१६, काठमाण्डौं।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...