News Portal

कल्याणकारी सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

हिमालीसंचार संवाददाता
५४६ पटक

कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ ।

यहि ६ अक्टोबर २०२३ शुक्रबारका दिन माहबुलाको इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न लागेको कल्याणकारीले कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार हरू शान्ति श्री परियार, उर्गेन दोङ र आश्मा बिश्वकर्मालाइ कुवेत ल्याउँदै छ ।

कल्याणकारीको निमन्त्रणामा कुवेत आउन लागेका कलाकारहरू मध्ये शान्ती श्री परियार र आश्मा बिश्वकर्मा बुधबार अक्टोबर ४ का दिन जजिरा एयरको उडानमार्फत बिहान ५ः१० बजे कुवेत विमानस्थलमा अवतरण गर्ने भएका छन् भने कार्य व्यस्तताको कारण उर्गेन दोङ भने ६ तारिक शुक्रबार बिहान मात्रै कुवेत आइपुग्ने भएका छन् ।

नेपालीहरूको महान चाड बडादशैंको पूर्वार्धमा कुवेतमा सम्पन्न हुन लागेको यस सांगीतिक धमाकामा अहिलेकी चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र उत्कृष्ट डान्सर अाश्मा बिश्वकर्मा साथै व्यस्त गायक, कम्पोजर उर्गेन दोङका साथमा कुवेतका स्थानीय कलाकारहरूले समेत आ–आफ्नो कला र प्रतिभा देखाउने छन् भने अतिथि कलाकारहरूले कुवेतका नेपालीहरूलाइ कत्तिको सांगीतिक मनोरन्जन प्रदान गर्ने हुन त्यो भने हेर्न नै बाँकी छ ।

समाजले अतिथि कलाकारको स्वागतको लागि  कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनीधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी सबैलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भइदिनुहुन अनुरोध गरेको छ भने उर्गेन दोङलाइ  स्वागत गर्नको लागि शुक्रबार बिहान  बजे उपस्थित हुन पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...