News Portal

अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग

हिमालीसंचार संवाददाता
४५९ पटक

काठमाडौं। अभिनेता अनमोल केसीलाई ‘आपराधिक विश्वासघात’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

अनमोलले सुदर्शन थापाले निर्माण गर्ने फिल्म ‘रावायण’ मा काम गर्ने भनेर पछि धोका दिएको आरोपसहित उजुरी परेको थियो।

सुदर्शनकी पत्नी सुप्रिया कटुवालको उजुरीका आधारमा प्रहरीले आज अनमोललाई साँगाबाट पक्राउ गरेको हो। अनमोलले फिल्म खेल्ने भनेर १० लाख रुपैयाँ अग्रिम भुक्तानी लिइसकेको उजुरीमा जनाइएको छ।

साथै फिल्मका लागि डेढ करोड रुपैयाँ खर्च भइसकेपछि अनमोलले नखेल्ने बताएको कटुवालको गुनासो छ।

फिल्मका निर्देशक सुदर्शन थापाले कलाकार तथा प्राविधिकहरुको भुक्तानी तथा अन्य तयारीमा सवा करोड रुपैयाँ खर्च भएको दाबी गरे। फिल्म सुटिङमा जानुभन्दा तीन दिन अगाडि अनमोलले धोका दिएको उनले बताए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...