News Portal

  • यस्तो देश, जहाँ पुलिसमा भर्ना हुनुअघि गरिन्छ कुमारित्व परीक्षण

    हिमाली संचार संवाददाता
    ६३६ पटक

    एजेन्सी कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ? हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो अनौठो तथा विभेदकारी नियम रहेछ ।

    हो, इण्डोनेसियामा पुलिसमा भर्ति हुन चाहने महिलाले आफ्नो भर्जिनिटी टेष्ट गराउनु पर्दछ । उक्त परीक्षणमा कुमारी नठहरिएका महिला पुलिसमा भर्ना हुन पाउँदैनन् ।

    अझ आपत्तिजनक त के भने महिला उम्मेदवारको कुमारित्व परीक्षण पुरुष अधिकारीहरुद्वारा गराइन्छ । यस्तो परीक्षणलाई दुई औँले परीक्षण भनिन्छ । जहाँ पुलिसमा भर्ना हुन आएका महिला उम्मेदवारको यौनांगमा दुई औँला छिराएर योनी जाली च्यातिए नच्यातिएको परीक्षण गरिन्छ ।

    इण्डोनेसियामा महिलाको कुमारित्व परीक्षणलाई आधिकारिक रुपमा अनुमति नदिइने भए पनि पुलिसमा भर्नाका क्रममा भने यस्तो परीक्षण एउटा मुख्य मापदण्डको रुपमा रहिआएको अकल्याण्ड विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ ।

    महिलाले पुलिसमा भर्ना पाउनका लागि आफुलाई केवल भर्जिन प्रमाणित गरेर पुग्दैन । सुन्दरताका अन्य धेरै मापदण्डहरु पनि पूरा गर्नुपर्ने हुन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...