News Portal

साल्पा-सिलिचुङ – गजेन्द्र खालिङ राई

गजेन्द्र खालिङ राई
४५२ पटक

खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडौमा बसी नियालुङ है चोमोलुङ !

उनैको मुस्कान उनैको हासोले भैं रहुन उज्यालो
यो धर्ती साह्रा सुन्दर बनोस छाइ दिनु उज्यालो
खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसी नियालुङ है चोमोलुङ!!

पुर्खालाई सम्झि भाकेर भेटि पुगौला तुवाचुङ
चेलि र माइती छुटिएको कथा सुनाउ है होलेसुङ
खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसी नियालुङ है चोमोलुङ !!!

शक्तिको केन्द्र साल्पा सिलिचुङ मुन्दुनै हाम्रो प्राण
मानिसको शृष्टि उत्पति गरि पुर्खाले त्यागे प्राण
खुवालुङ् तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसि नियालुङ है चोमोलुङ !!!

सिपैको खानि आदिम चेली हाम्रो तोयामा-खियामा
हर्षको आशु हेछा’लाई भेट्दा बग्यो खुवालुङमा
खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसी नियालुङ है चोमोलुङ !!!!

गजेन्द्र खालिङ राई
खोटाङ-दिक्तेल, सगरमाथा, नेपाल
हाल; दोहा कतार

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...