News Portal

साल्पा-सिलिचुङ – गजेन्द्र खालिङ राई

गजेन्द्र खालिङ राई
४७८ पटक

खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडौमा बसी नियालुङ है चोमोलुङ !

उनैको मुस्कान उनैको हासोले भैं रहुन उज्यालो
यो धर्ती साह्रा सुन्दर बनोस छाइ दिनु उज्यालो
खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसी नियालुङ है चोमोलुङ!!

पुर्खालाई सम्झि भाकेर भेटि पुगौला तुवाचुङ
चेलि र माइती छुटिएको कथा सुनाउ है होलेसुङ
खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसी नियालुङ है चोमोलुङ !!!

शक्तिको केन्द्र साल्पा सिलिचुङ मुन्दुनै हाम्रो प्राण
मानिसको शृष्टि उत्पति गरि पुर्खाले त्यागे प्राण
खुवालुङ् तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसि नियालुङ है चोमोलुङ !!!

सिपैको खानि आदिम चेली हाम्रो तोयामा-खियामा
हर्षको आशु हेछा’लाई भेट्दा बग्यो खुवालुङमा
खुवालुङ तरि जाउ है दर्शन गर्न साल्पा-सिलिचुङ
सिलिचुङ डाडैमा बसी नियालुङ है चोमोलुङ !!!!

गजेन्द्र खालिङ राई
खोटाङ-दिक्तेल, सगरमाथा, नेपाल
हाल; दोहा कतार

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...