News Portal

लोकप्रिय कवियत्रि सकुन ज्ञवालीको “खबरमा छु प्रिय” लोकार्पण

हिमालीसंचार संवाददाता
३७९ पटक

अमेरिका। परदेशमा रहेर पनि आफ्नो लेखन यात्रालाई अगाडि बढाउदै लोकप्रिय कवियत्रि तथा मुक्तककार शकुन ज्ञवालीद्वारा लिखित पछिल्लो नविनतम् सुन्दर मुक्तक संग्रह “खबरमा छु प्रिय” २३ सेप्टेम्बर २०२३ का दिन एक भव्य समारोहकाबीच अमेरिकामा विमोचन गरिएको छ।

९ पृष्ठमा आवरण र विवरण, ३६ पृष्ठमा विभिन्न व्यक्तिका भूमिका, ६ पृष्ठमा मुक्तककार स्वयमको लेखकीय र ९१ पृष्ठमा १८२ वटा मुक्तक समाविष्ट उक्त संग्रह विमोचित समारोह, अमेरिकामा आएका नेपाली साहित्यकार, साहित्यिक अनुरागीहरूलाई हृदयपुर्वक खोलेर माया र सहयोग गर्ने साहित्यकार, कानुनविद् विनोद रोकाको प्रमुख आतिथ्य र अ.ने.सा.स. न्यूयोर्क च्याप्टरका अध्यक्ष राजन महर्जनको सभापतित्वमा भएको थियो।

कार्यक्रम सञ्चालनको शुरूवात जानुका वस्ति ढकालले गरेका थिए भने स्वागत मन्तव्य दिंदै लक्ष्मी श्रेष्ठले कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएकी थिईन्।

कवि रश्मी भट्टले विमोचित कृतिको समिक्षा गरेका थिए भने, विभिन्न राज्यबाट कार्यक्रममा आगन्तुकहरूको बाक्लो उपस्थितिले थप रौनकता छाएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...