News Portal

कोशी नामकरण ठिक छ, एमालेलाई धेरै समस्या छैन : मुख्यमन्त्री कार्की

हिमालीसंचार संवाददाता
२८० पटक

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले)का अगाडि धेरै समस्या नरहेको बताएका छन् ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी गरे । मुख्यमन्त्री कार्कीले भने, “कोसी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपथ्र्यो, त्यसरी उठेन । बरू एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।”

तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।

कोशी नामकरणविरूद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । 

उनले भने “यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ-आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गरे । सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानून व्यवसायी सहभागी थिए । रासस

प्रतिकृया दिनुहोस्

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...