News Portal

नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा सुर्य लामा

हिमालीसंचार संवाददाता
२८५ पटक

कुबेत सिटी – कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको चौथो अधिबेशन  सम्पन्न भयाे। निवर्तमान उपाध्यक्ष राम सुर्य लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै शुक्रबार कुवेतको जिलिवस्थित रिदम हलमा अधिबेशन सम्पन्न भयाे।

अध्यक्ष प्रेम लामाको सभापतित्व,नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमको प्रमुख आतिथ्यता, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष नवराज पन्थी, समाजसेवी राजेन्द्र तामाङ, बिशेष आतिथ्यता एवं पत्रकारहरु, कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, समाजसेवी, कलाकार साथै कुबेतमा रहेका नेपालीहरु उपस्थिती रहेको थियो। संरक्षक टिकाराम आचार्यले संचालन गरेका थिए। कार्यक्रममा राष्ट्रियगान पश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथि संयुक्तरुप पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियाे भने संरक्षक धुर्ब कुमार संग्रौलाले  स्वागत दिएका थिए।

शुभकामना मन्तव्य दिने कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत संघ-संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, नेपाल पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष नवराज पन्थी शुभकामना मन्तव्य राखेका थिए।

आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था समाजले गरेका कामको बारेमा समाजका महासचिव दामोदार बटालाले प्रस्टाउनु भएको थियो। समाजको चौथो अधिवेशनबाट ६१ जानको कार्यसमिती तय गरेको छ भने अध्यक्षमा सुर्य लामा निर्विरोध चयन भएको छ।

बरिस्ठ उपाध्यक्ष-उत्तम थापा, उपाध्यक्षहरु-सुबास तमाङ,धर्म तामाङ,महिला उपाध्यक्ष पिन्की मगर, महासचिव-राजु धिमाल, सचिव राजु पुनमगर, सहसचिव अर्जुन कटुवाल, कोषाध्यक्ष पेमालामा, सहकोषाध्यक्ष पदम मुक्तान, युवा सहम्जोक सोम तमाङ, सहसंम्जोक प्रबिन तामाङ, प्रबक्ता शान्त लम्साल चयन भएका छन् भने बाँकी कार्यसमिती नाम उपल्बध भएपछी सार्वजनिक गराउनेछ। अन्त्यमा धन्यवाद सहित कार्यक्रमको समापन गरेका सभापति लामाले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी शुभचिन्तक संघ-सस्थाहरुमा धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...