News Portal

  • कुवेतमा पनि मनाईयो नेपालको संविधान दिवस

    हिमालीसंचार संवाददाता
    २९० पटक

    कुवेत सिटी, कुवेत। नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ।

    कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो। प्रथम सचिव प्रेमराज गौतमको संचालन रहेको कार्यक्रममा कुवेत तथा नेपालको राष्ट्रियगान पश्चात् नवौ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

    कार्यक्रममा वोल्दै कुवेतका लागि नेपाली कार्यवाहक राजदूत सुजनी रानाले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कुवेत तथा इराकमा कार्यरत नेपाली श्रमिकलगायत सम्पूर्ण नेपालीहरुलाई थप प्रगति समृद्धि तथा उज्ज्वल भविष्यको कामनासहित शुभकामना व्यक्त गरेकी थिइन।

     

    साथै, उनले नेपाल र कुवेतको ५१ वर्ष अगाडिदेखि नेपाल र कुवेतबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा द्धिपक्षीय सम्वन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको चर्चा गरेकी थिइन। कुवेतमा झन्डै नब्बे हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत रही कुवेतको लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरेकी थिइन।

    कार्यक्रममा कुवेत सरकारका उच्च पदस्थ अधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक निकायका पदाधिकारीहरु, कुवेतका विभिन्न मिडियाका पत्रकारहरु, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत, व्यवसायी तथा विभिन्न संघ-सस्थाका सिमित प्रतिनिधिहरु, कुवेतमा रहेका नेपाली समुदायका केही व्यक्तिहरुको सहभागिता रहेको थियो। संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई...