News Portal

  • शिल्पी संघ नेपाल कुवेतद्वारा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    ३७३ पटक

    कुबेत – नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा शिल्पी संघ नेपाल कुवेत द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कुबेतको जिलिब स्थित पपिन्स हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्रवारको दिन सम्पन्न भएको छ।

    कार्यक्रममा शिल्पी संघ नेपाल कुबेतका अध्यक्ष ज्ञान ब गजमेरको सभापतित्व गर्नु भएको कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुको संयुक्तरुपमा द्दिप प्रज्वलन गरि तथा राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरिएको थियो। संघका सचिब दिनेश माल परिवारले स्वागत मन्तब्य द्वारा उपस्थिति सम्पूर्ण लाई स्वागत गर्नु भएको थियो। भने संघका सदस्य कल्पना बिश्वकर्मा , बिशेष आथिती शान्त लम्साल लगायतले शुभकामना मन्तव्य दिएका थिए।

    प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृतिलाई जगेर्ना गर्नेलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रममा राता सारी,छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी हरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम सम्म निर्त्य गरेका थिए।

    भने उपस्थित दिदीबहिनीहरुलाई दर तथा भोजको पनि ब्यबस्था गरेको थियो। आफ्नो स्थापना काल देखीनै हर साल तिजको अबरसार पारेर दिदी बहिनीहरुलाई दर खुवाउदै आएको छ। । कार्यक्रमलाई संघका प्रथम उपाध्यक्ष अनामिका तिरुवा र महासचिब सुरेश कालिकोटे बि : क ले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए। अन्तमा सभापति ज्ञान ब गजमेरले कार्यक्रम सफल पार्नको लागि  सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिएl

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...