News Portal

झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
४४८ पटक

कुबेत – झापाली समाज कुवेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तीजको शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम कुबेतको मङाफ स्थित मेमोराईज हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भयाे।

समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाको सभापतित्व र प्रमुख आतिथ्यमा कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा,बिशेष अतिथिमा नेपाली दूतावासका लागि तृतिय सचिव रेवन्त केसी ,नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको सहसचिव हरि बानियाँ,विशेष आतिथ्यता लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियाे। कार्यक्रम लाई समाजका सचिब राम न्यौपानेले संचालन गरेका थिए। भने अतिथिहरुलाई मन्तब्य द्वारा स्वागत समाजका संरक्षक तथा सल्लाहकार ध्रुबकुमार संग्रौला गरेका थिए ।                 

राष्ट्रिय गानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि,बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गरिएको थियो। महिलाहरुको लागि लक्षित गरेर तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।स्थानीय कलाकारको साथै नेपाली दिदीबहिनीले भब्य रुपमा मनाए।

कार्यक्रममा कलाकारहरुले गित तथा नृत्यको धमाकेदार प्रस्तुति दिदै अत्यान्तै मनोरन्जानात्मक माहोल बनेको थियो भने बीच बिचमा तिजको गीतमा दिदीबहिनी र दाजुभाइहरुले सामुहिकरुपमा छमछमी नाच्दै रमाइलो गरेका थिए । भने उपस्थित दिदीबहिनीहरुलाई दरकाे ब्यबस्था गरेको थियो। नयाँ सदस्यहरुलाई पनि स्वागत गरेका थिए।कार्यक्रमको अन्तमा झापाली समाज कुवेतका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाले हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिएl

 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...