News Portal

  • झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    ४०२ पटक

    कुबेत – झापाली समाज कुवेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तीजको शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम कुबेतको मङाफ स्थित मेमोराईज हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भयाे।

    समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाको सभापतित्व र प्रमुख आतिथ्यमा कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा,बिशेष अतिथिमा नेपाली दूतावासका लागि तृतिय सचिव रेवन्त केसी ,नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको सहसचिव हरि बानियाँ,विशेष आतिथ्यता लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियाे। कार्यक्रम लाई समाजका सचिब राम न्यौपानेले संचालन गरेका थिए। भने अतिथिहरुलाई मन्तब्य द्वारा स्वागत समाजका संरक्षक तथा सल्लाहकार ध्रुबकुमार संग्रौला गरेका थिए ।                 

    राष्ट्रिय गानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि,बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गरिएको थियो। महिलाहरुको लागि लक्षित गरेर तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।स्थानीय कलाकारको साथै नेपाली दिदीबहिनीले भब्य रुपमा मनाए।

    कार्यक्रममा कलाकारहरुले गित तथा नृत्यको धमाकेदार प्रस्तुति दिदै अत्यान्तै मनोरन्जानात्मक माहोल बनेको थियो भने बीच बिचमा तिजको गीतमा दिदीबहिनी र दाजुभाइहरुले सामुहिकरुपमा छमछमी नाच्दै रमाइलो गरेका थिए । भने उपस्थित दिदीबहिनीहरुलाई दरकाे ब्यबस्था गरेको थियो। नयाँ सदस्यहरुलाई पनि स्वागत गरेका थिए।कार्यक्रमको अन्तमा झापाली समाज कुवेतका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाले हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिएl

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...